विश्वमा एकैदिन कोरोनाबाट ५ हजार ८२७ जनाको मृत्यु

54
सांकेतिक तस्विर

भदौं १०,
काठमाडौं । विश्वभर एकैदिन कोरोनाबाट ५ हजार ८२७ को मृत्यु भएको छ । कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २२ हजार ४९९ पुगेको छ । एकैदिनमा २ लाख ३९ हजार ६९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसबाट कोरोना संक्रमितको संख्या २ करोड ४० लाख ४२ हजार ६९४ पुगेको छ । संक्रमितमध्ये १ करोड ६५ लाख ९१ हजार ३३८ जना संक्रमण मुक्त भएका छन् । विश्वका सक्रिय संक्रमितको संख्या ६६ लाख २८ हजार ८५७ छ । उनीहरु मध्ये ६१ हजार ७१९ जनाको अवस्था गम्भीर छ । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ९७० जनाको मृत्यु भएको छ । ३४ लाख ७ हजार ३३३ जना संक्रमित भएकोमा २० लाख ३ हजार ६३१ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६१ हजार ७३३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ३७ हजार २२९ पुगेको छ । त्यसमध्ये ३९ लाख ८६ हजार ४१९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै एसियाली मुलुकहरूमा १ लाख ३३ हजार ३०७ जनाको मृत्यु भएको छ । ६४ लाख ७५ हजार ६८९ जना संक्रमित भएकोमा ५१ लाख ६१ हजार २४५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९२ हजार ५८८ जनाको मृत्यु भएको छ । ५८ लाख ८६ हजार ५१४ जना संक्रमित भएकोमा ४४ लाख ८३ हजार ६३२ जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकहरूमा २८ हजार ३३४ जनाको ज्यान गएको छ भने १२ लाख ७ हजार ६२३ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ३४ हजार १९२ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५५२ जनाको मृत्यु भएको छ । २७ हजार ५८५ जना संक्रमित भएकोमा २१ हजार ५६८ जना संक्रमणमुक्त भएका छन् ।