Monday, September 28, 2026
Home समाचार सडकको धुलोले यात्रु र स्थानिय हैरान

सडकको धुलोले यात्रु र स्थानिय हैरान

81

पुस ४,
नवलपरासी । राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकको निर्माणकार्य एक वर्षदेखि ठप्प भएपछि यात्रुलाई समस्या भएको छ । ठेकेदार कम्पनीले बाटोको बेस र कल्भर्ट निर्माणका लागि मिस्कट र गिट्टी बालुवाको अभाव देखाउदै एक बर्षदेखि निर्माण कार्य ठप्प पारेपछि यात्रुलाई त यात्रामा समस्या भएकै छ यता स्थानियहरु धुलोको हैरानी खेप्न बाध्य भएका छन् । नवलपरासीको सदरमुकाम परासीदेखि गोपीगंजको नारायण चोकमा जोडिने १३ किलामिटर दुरीको यस हुलाकी राजमार्ग सडकको घाममा धुलो र बर्षामा हिलोले सो बाटोबाट यात्रा समेत गर्न कठिनाई हुने गरेको स्थानिय जयराम गुप्ताले जानकारी दिए ।

उनले भने, निर्माणाधिन उक्त सडकमा बर्षाले ठाउँ–ठाउँमा खाल्डाखुल्डी र घामले धुलाम्मे भएको छ । सो बाटोमा यात्रा गर्ने यात्रु बाटोको खाल्टाखुल्टी र धुलोको हैरानी त खेपेकै छन् यता स्थानियहरुको घरमा धुलो पसी लत्ता कपडा मैलो हुने र खाना तथा श्वासप्रश्वास समेतको समस्या भोग्नुपरेको स्थानिय गुप्ताले बताए । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले वि।स। २०७३ सालमा २ बर्षमा निर्माण कार्य सम्पन्न हुने गरि द कन्चनजंगा विरुवा शिवशक्ति जेवीलाई २५ करोड १९ लाख ७० हजार ५६० रुपैयामा ठेक्का दिएको छ । ठेक्का लिएको समय यसै बर्षको फागुन महिना १५ गते सकिदै छ तर अहिलेसम्म २० प्रतिशत पनि कार्य हुन सकेको छैन । अहिलेसम्म ठेकेदार कम्पनीले बाटोमा ग्रावेल खसाल्ने, केहि कल्भर्ट निर्माण र थोरै ढल निकासको निर्माण बाहेक अरु केहि कार्य गरेको पाइएको छैन ।

यात्रु तथा स्थानिय जनताको समस्यालाई सामाधानका लागि निर्माण कार्य ठप्प पारी सम्पर्क विहिन रहेको ठेकेदार कम्पनीलाई कार्य सुचारु गर्न पटक पटक सरावल गाउँपालिकाबाट चिठि काटर पहल गर्न खोजियो तर ठेकेदारले कुनै वास्ता गरेनन् । यसलाई केन्द्रिय तथा प्रदेश स्तरबाटै पहल गर्नु पर्ने आवश्यक देखिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी प्रतिक्रिया दिए । लामो समयदेखि हिलाम्मे र धुलाम्मेको समस्या भोग्दै आएका यात्री तथा स्थानीयहरु निर्माण कार्य ठप्पले झनै समस्यामा परेका छन् । बाटो हिलाम्मे र धुलाम्मेका कारण त्रिवेणी गोपीगंज जाने व्यक्ति बर्दघाट भुमही राजमार्ग हुदै परासी आउन लामो दुरीको बाटो प्रयोग गर्ने गरेका छन् । काम बन्द गरि सम्पर्क विहिन रहेको ठेकेदारलाई दबाब दिएर काम गराउन नत्र केन्द्रिय तथा प्रदेश सरकार नै अग्रसर देखिएको छ नत्र जिल्लाका जनप्रतिनिधिहरु नै कुनै पहल गरेको पाइएको छ । -रातोपाटीबाट