असार २७,
काठमाडौं । नेपाल चिकित्सक संघले १४ औं दिनदेखि अनशन बसेका डा। गोविन्द केसी प्रकरणको समाधान खोज्न सहयोग गर्न आग्रह गर्दै डा. बाबुराम भट्टराईलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार संघले डा. केसीको जीवन रक्षाको लागि सरकार समक्ष विशेष पहल गरिदिन समेत भट्टराईलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष मुक्तिराम श्रेष्ठद्धारा हस्ताक्षरित्र ज्ञापनपत्रको अन्त्यमा संघको आग्रहलाई अस्वीकार गरिएको खण्डमा डा। केसीको जीवनरक्षाका लागि देशभर आकस्मिक सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्नेसम्मका आन्दोलन घोषणा गर्न बाध्य हुने डा। चेतावनी दिएको छ । डा. भट्टराईले उक्त ज्ञापनपत्र बुझ्दै डा. केसीको प्रकरण वार्ताबाटै हल होस् भन्ने अडान रहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो पालादेखि चल्दै आएको यो प्रकरण वार्ताबाटै हल होस् भन्ने मेरो निरन्तर अडान छ ।












