राप्रपाको बैठक सम्पन्न

166

असार २७,
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय पदाधिकारी तथा प्रदेश अध्यक्षहरुको संयुक्त बैठक सम्पन्न भएको छ । मंगलबारदेखि सुरु भएको बैठक विभिन्न ७ बुँदे निर्णय गर्दै सम्पन्न भएको प्रवक्ता भूवन पाठकले जानकारी दिए ।
बैठकको निर्णयका बुँदा
१.मंसिर मसान्तसम्म नयाँ थप ५०,०००।– सक्रिय सदस्य बनाउने गरी सक्रिय सदस्यता वितरण अभियानकै रुपमा प्रारम्भ गर्ने ।
२.चैत्र मसान्तभित्र प्रदेश अधिबेशन सम्पन्न गर्ने ।
३. पुस मसान्तभित्र गाउँ÷नगरपालिकाको वडा तहसम्म कार्य समिति गठन र पुर्नगठन गर्ने ।
४. भाद्र १५ भित्र प्रदेश स्तरीय प्रशिक्षण र भेला आयोजना गर्ने ।
५. पुस मसान्तभित्र संयोजित संगठनहरुको गाउँ तहसम्म कार्य समिति गठन गर्ने ।
६. श्रावण महिनाभित्र हिन्दुराष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियानको प्रदेश स्तरीय कार्यक्रमको शुभारम्भ गर्ने ।
७. चैत्र मसान्तभित्र संयोजित संगठनहरुको केन्द्रीय महाधिबेशन सम्पन्न गर्ने ।