Wednesday, October 7, 2026
Home राजनीति मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री ओलीको पुतला दहन

मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री ओलीको पुतला दहन

132

जेठ ३१,
ताप्लेजुङ । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघले बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। चरणबद्ध आन्दोलन गरिरहेको संघले फुङलिङमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला दहन गरेका हुन्। सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै देशलाई कालाबजारी र माफियाको चंगुलमा फसाएको नेविसंघको आरोप छ। सरकार दैनिक उपभोग्य वस्तुमा समेत मूल्यवृद्धि गराउने योजनामा लागेको भन्दै आफूहरु आन्दोलित भएको नेवि संघ ताप्लेजुङका सभापति डम्बर हाङगामले बताए।