Monday, September 28, 2026
Home समाचार हावाहुरीले घर भत्काउँदा घरले किचेर महिलाको मृत्यु

हावाहुरीले घर भत्काउँदा घरले किचेर महिलाको मृत्यु

140

जेठ १८,
खोटाङ । हावाहुरीले घर भत्काउँदा खोटाङमा एक महिलाको किचिएर मृत्यु भएको छ। बिहीबार साँझ पानीसँगै चलेको हावाहुरीले घर भत्काउँदा खोटेहाङ गाउँपालिका–८ सिमपानीकी ६० वर्षीया कालीमायाँ विश्वकर्माको ज्यान गएको हो। छिमेकी हरि राईले छाडेको रित्तो घरमा बसेकी विश्वकर्मालाई भत्किएको घरको बलौले किचेको इलाका प्रहरी कार्यालय खोटाङबजारका सई पवनकुमार यादवले बताए। मृतकको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिँदै छ। इलाका प्रहरी कार्यालय खोटाङ बजारबाट खटिएका प्रहरीको टोलीले घटनास्थल पुगेर कानुनी प्रकृया पूरा गर्ने र शव पोष्टमार्टमका लागिलैजाने तयारी गरिएको छ।