चम्किलो कोटभित्रको अँध्यारो अनुहार

135

बैशाख २९,
काठमाडौं । वीर अस्पतालको न्युरो वार्डमा ३३ वर्षदेखि बिरामीको सेवा गर्दै आएकी छन्। नर्स राजकुमारी ज्ञवाली। बिरामीको सेवा पनि गर्न पाइने हुनाले तीन दशक अगाडि नर्सिङ पेसामा लागेकी हुन् ज्ञवाली। तर अहिले आएर बाहिरबाट हेर्दा जस्तो नर्सिङ पेसा सुरक्षित नभएको बताउँछिन् उनी। जब कोही बिरामी भएर अस्पताल पुग्छन्, त्यसबेला बिरामीको सबैभन्दा नजिकको सहारा भनेकै नर्स हुन्छन्। सेतो पोसाकमा सजिएर मायालु व्यवहारले बिरामीको सेवामा २४ घन्टा खटिने नर्सहरूको व्यवहारले बिरामीले समेत आधा रोग सन्चो भएको अनुभव गर्छन्। तर यसरी दिनरात बिरामीको सेवा गर्न नर्सहरूका समस्याहरू भने धेरै रहेको ज्ञावालीको अनुभव छ। ज्ञवाली भन्छिन्, ुबाहिरबाट नर्सिङ पेसा उत्कृष्ट पेसा जस्तो लाग्छ तर बाहिरबाट देखेजस्तो सुरक्षित छैन नर्सिङ पेसा।ु एउटै नर्सले धेरै बिरामी हेर्नुपर्ने, आठ घन्टाभन्दा बढी समयसम्म काम गर्नुपर्ने समस्याहरू रहेको ज्ञवालीले बताइन्। उनले भनिन्, ुसामान्यतया नर्सले दिनमा आठ घन्टा काम गर्नुपर्ने हो तर हामीले त्योभन्दा धेरै समयसम्म काम गर्नुपर्छ, जसले गर्दा बिरामीले राम्रो स्याहार पाउँदैनन्।ु के हुन् त नर्सका समस्यारु अहिले नर्सिङ क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको निजी स्वास्थ्य संस्थामा कार्यरत र सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूको तलबलगायतका अन्य सेवा सुविधा समान नहुनु रहेको नेपाल नर्सिङ संघकी कार्यवाहक अध्यक्ष गंगा थापाले बताइन्। उनले भनिन्, ुनर्सिङ क्षेत्रको सबैभन्दा ठूलो समस्या भनेको निजी स्वास्थ्य संस्थाले दिने तलबलगायतका सेवा सुविधाहरू सरकारी सेवा सुविधासरह नहुनु हो।ु हाल नेपालमा एक जना नर्सले २५ देखि ५० जना बिरामी हेर्नुपर्ने अवस्था छ। विश्व स्वास्थ्य संगठनका अनुसार एक जना नर्सले धेरैमा छदेखि आठ जना बिरामी हेर्नुपर्ने व्यवस्था छ। अस्पतालले वार्डमा सहयोगीसमेत व्यवस्था नगरिदिँदा यसरी बिरामी हेर्नुपर्दा नर्सहरूमा मानसिक तनावसमेत सिर्जना हुने गरेको छ यस्तै, नर्सहरूलाई नीतिगत ठाउँमा व्यवस्था नहुनु पनि अर्को समस्या हो। हालसम्म देशमा रहेका कुनै पनि अस्पतालहरूमा छुट्टै नर्सिङ शाखा छैन भने देशभरका नर्सहरूको पेसा गुणस्तरीय बनाउने जिम्मा पाएको स्वास्थ्य मन्त्रालयमा समेत छुट्टै नर्सिङ महाशाखा छैन। तर पछिल्लो समय स्वास्थ्यको संरचनामा प्रदेशमा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागअन्तर्गत नर्सिङ महाशाखा राख्ने सहमति भएको छ। राम्रा नर्सजति विदेश लामो समयसम्म स्तर वृद्धि नहुनु, कम तलव हुनु र सरकारी अस्पतालहरूले एक जना अनमीलाई खरदार सरह, स्टाफ नर्सलाई प्राविधिक सुब्बा सरह अनि नर्सिङमा स्नातक गरेका नर्सहरूलाई अधिकृत सरहको तलव सुविधा दिइरहेका छन्। तर निजी स्वास्थ्य संस्थामा त्यस्तो नहुँदा राम्रा नर्सहरू विदेश पलायन हुँदै गएका अध्यक्ष थापाले बताइन्। उनले भनिन्, ुपढाइ एउटै भए पनि सरकारी सेवामा काम गर्ने नर्स सरह निजी स्वास्थ्य संस्थामा काम गर्ने नर्सहरूको तलव सुविधामा आकाश जमिनको फरक छ। यसले गर्दा निजी संस्थामा काम गर्ने नर्सहरू विदेश पलायन हुने गरेका छन्।ु हाल नेपालमा ७४ हजार बढी नर्स नेपाल नर्सिङ संघका अनुसार हाल नेपालमा ७४ हजार ८४० जना नर्सहरू छन्। ४४ हजार ७७० जना प्रमाणपत्र तह र बिएस्सी नर्सिङ गरेका नर्सहरू रहेका छन्। एसएलसीपछि तीन वर्ष प्रवीणता प्रमाणपत्र तह अध्ययनपछि नेपाल नर्सिङ संघबाट नर्सिङ लाइसेन्स पास गरेपछि नर्सिङ पेसामा आवद्ध हुन पाउँछन्। हाल नेपालमा एक जना नर्सले २५ देखि ५० जना बिरामी हेर्नुपर्ने अवस्था छ। विश्व स्वास्थ्य संगठनका अनुसार एक जना नर्सले धेरैमा छदेखि आठ जना बिरामी हेर्नुपर्ने व्यवस्था छ। अस्पतालले वार्डमा सहयोगीसमेत व्यवस्था नगरिदिँदा यसरी बिरामी हेर्नुपर्दा नर्सहरूमा मानसिक तनावसमेत सिर्जना हुने गरेको अध्यक्ष थापाले बताइन्। उनले भनिन्, ुविश्व स्वास्थ्य संगठनका अनुसार सघन उपचार कक्षमा एक बिरामी बराबर एक नर्स हुनुपर्ने, जनरल वार्डमा एक नर्सले आठ बिरामी हेर्नुपर्ने नियम छ तर हामीले अहिले एक जना नर्सले ५० जनासम्म बिरामी हेर्दै आएका छौँ।ु सन् २०११ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीमा आवश्यक स्वास्थ्य क्षेत्रका लागि गरेको मानव संशाधन प्रक्षेपणअनुसार आठ हजार ६९० जना नर्सिङ जनशक्तिको प्रस्ताव गर्दा दुई जनाका दरले एक हजार २०४ बर्थिङ सेन्टरसहितको स्वास्थ्य चौकीका लागि दुई हजार ६३६ स्तरोन्नति स्वास्थ्य चौकीको लागि दुई जना, २० ग्रामीण अस्पतालका लागि तीन जना, ६५ जिल्ला अस्पतालका लागि चार जना, ११ अंचल अस्पतालका लागि १० जना, क्षेत्रीय अस्पतालका लागि २० जना, १३ केन्द्रीय अस्पतालहरूका लागि २० जना तय गरेको थियो। तर, सरकारी अस्पतालहरूमै सरकारको नीतिअनुसार नर्सहरूको व्यवस्थापन नभएको विज्ञले बताउँदै आएका छन्।