Saturday, September 19, 2026
Home खेलकुद अल्भासले गुमाउने भए विश्वकप

अल्भासले गुमाउने भए विश्वकप

242

बैशाख २९,
ब्राजिलका राइट ब्याक डेनी अल्भासले फ्रेन्च कपको फाइनलका दौरान घुँडाको चोटका कारण रुस विश्वकप गुमाउने भएका छन्। ३५ वर्षीय डेनीको दाइने घुँडाको पाङग्रो जोड्ने लिगामेन्ट च्यातिएपछि उनले विश्वकप गुमाउने पक्का भएको हो। उनी पिएसजीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्। घाइते भएपछि उनी टिममा फर्कन सक्ने विश्वास गरिएको थियो। तर, ब्राजिलियन फुटबल संघले उनी प्रतियोगितामा फर्कनु असम्भव भएको बताएको छ। पूर्वबार्सिलोना तथा युभेन्टस डिफेन्डर अल्भेसले १ सय ६ क्याप जितेका छन्। उनले २०१० र २०१४ को फिफा विश्वकप खेलेका थिए। जतिबेला उनी टिमका महत्वपूर्ण सदस्यसमेत रहे। पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले समूह ई मा रहेर स्विटजरल्यान्ड, कोस्टारिका र सर्वियाविरुद्ध समूहचरणम प्रतिस्‍पर्धा गर्नेछ।