ठग्ने हक माग्दै हलवाला

167

शुक्रबार साप्ताहिक- बैशाख १४,
काठमाडौं । सरकार बक्सअफिस लागू गर्ने पक्षमा छ । उता हलवालाहरु जुनसुकै हालतमा बक्सअफिस रोक्ने पक्षमा छन् । यता निर्माता संघ आन्दोलनको तयारीमा छ । आखिर के चक्कर हो यो बक्स अफिसको रु शुक्रवार साप्ताहिकले खोतल्ने प्रयास गरेको छ । मधेसमा व्याप्त दाइजो प्रथालाई विषय बनाइएको फिल्म ‘राज्जारानी’ रिलिज भएको चार महिना पुग्न लाग्यो । नेपाली भाषाको सो फिल्मलाई मैथिलीमा समेत डब गरेर मैथिलभाषी क्षेत्रमा प्रदर्शन गरिएको थियो । सो फिल्मका निर्माताले अहिलेसम्म न हलको पूर्ण व्यावसायिक रिपोर्ट पाएका छन्, न पूरा पैसा नै । मैथिली डब भर्सनको जिम्मा लिएका निर्माता राजकुमार महतोको फिल्ममा यो पहिलो लगानी हो । ‘सलहेसः द पिपुल्स हिरो’ नामक बिग बजेट फिल्मको तयारीमा रहेका उनी अहिले नै वितरक र हलवालाको व्यवहार देखेर आजित छन् ।

‘यहाँ निर्माताले फिल्म तयार गरेर मात्रै नहुने रहेछ, फिल्म प्रदर्शन गर्नु झन् ठूलो कुरा रहेछ,’ उनले गुनासो गर्दै भने, ‘सुरुमा त निर्माताले भनेजस्तै हल पाउनै ठूलो युद्ध गर्नुपर्ने रहेछ । त्यसपछि हलको रिपोर्ट पाउन र पैसा उठाउन अर्को महाभारत रहेछ ।’
मोफसलमा यस फिल्म वितरणको जिम्मा एफडी कम्पनीले लिएको थियो । ‘फिल्म रिलिज भएको केही हप्तापछि एफडीमा पुगेर हलको रिपोर्ट माग्दा रिपोर्ट लिन एक महिना र पैसा लिन तीन महिनापछि आउनु भने,’ महतोले वितरक र हलवालाबाट पाएको दुःख सुनाउँदै थपे, ‘एक महिनापछि पुग्दा २७ हलमा लागेको फिल्मको ५ वटा हलको रिपोर्ट मात्र पाइयो । जनकपुरको रामजानकी सिनेमामा दुई हप्तासम्म फिल्म राम्रोसँग चलेको थियो तर रिपोर्टमा एक हप्ता मात्रै देखाइयो ।’

उनले अगाडि भने, ‘सबै हलको रिपोर्ट नपाएको विषयमा बुझ्दा उल्टै बाङ्गोटिङ्गो कुरा आयो । हलमा आफैँ गएर पैसा लिनुस्, बरु हामीलाई कमिसन चाँहिदैन पो भन्न थाले १ त्यसपछि हलहरुसँग आफैँ कुरा गर्दा केहीले रिपोर्ट दिए, केहीले हामी जान्दैनौँ, एफडीलाई नै भेट्नू भनेर पन्छिए । पैसा त एउटा हलबाहेक कसैले दिएको छैन ।’हलवाला प्रतिको उनको गुनासो यत्तिमै सकिएन । हलले गलत रिपोर्ट दिने गरेको समेत उनले अनुभव भोगे ।

‘रिलिजका बेला तराईका थुप्रै हलमा आफैँ भिजिट गरेको छु,’ उनले भने, ‘सुनसरीका केही हलमा फिल्म राम्रै चलेको थियो तर रिपोर्टमा त एक सो र दुई सो मात्र चलेको कुरा आयो । सबैतिर हामीले हाम्रोतर्फबाट चेकर पनि राखेका थियौँ तर चेकरले भनेअनुसार रिपोर्ट नपाइने रहेछ ’कतिपय हलवालाले ‘सेयर नै धेरै छैन’ भनेर पैसा दिने मनै नगरेको समेत महतोले खुलाए । ‘सेयर भनेको जतिसुकै रुपैयाँ होस्, निर्मातालाई दिनु हलवालाको दायित्व होइन र १’ उनी रोष प्रकट गर्छन् ।
उनले यतिबेला मात्र बुझिरहेका छन्, यो समस्या उनको मात्र रहेनछ, यहाँका प्रत्येक निर्माता वितरक र हलवालाबाट पाइलैपिच्छे शोषणमा पर्दारहेछन् ।