बैशाख १०,
काठमाडौं । सर्वाजनिक यातायातबाट सह–चालकका कार्यरत १२ जना बालकको उद्धार गरिएको छ । श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा काठमाडौं उपत्यकामा सञ्चालित सर्वाजनिक यातायात (बस, मिनिबस, माइक्रोबस, टेम्पो र ढुवानीका साधन लगायत) का साधनहरुमा बालश्रम रहित बनाउने अभियानकोस्वयंभू चोकबाट १२ जना बालकहरुको उद्धार गरिएको छ ।
बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ अनुसार सार्वजनिक यातायातमा बालबालिकालाई श्रममा लगाउनु हुदैन । श्रम कार्यालय बागमतीका कार्यालय प्रमुख श्री उदय कुमार गुप्ताको नेत्रृत्वमा सुरु गरिएको सो अभियानबाट वैशाख ९ गते आईतबार १९१ वटा गाडीको अनुगमन गरि सचेतना मुलक स्टीकर टाँसिएको छ भने अनुगमनका क्रममा उक्त सवारी साधनहरुबाट सह–चालकका रुपमा कार्यरत १६ वर्ष मूनिका १२ जना बालकहरुलाई उद्धार गरि संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाईएको छ । सो अभियानलाई पछि पनि निरन्तरता दिइने छ ।