पर्यटक लोभ्याउँदै नमस्ते झरना

366

बैशाख १०,
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको नमस्ते झरना पर्यटकको गन्तव्य बन्न थालेको छ। केही वर्षअघिसम्म गोठाला समेत जान डराउने सिम्सुवा खोलाको त्यो अनकन्टार ठाउँमा अहिले हुलका हुल पर्यटक जान थालेका छन्। त्यो अनकान्टार ठाउँमा पर्यटकलाई तान्ने अरु केही नभई त्यहाँ रहेको नमस्ते झरना हो। करिब ८० मिटर उचाइबाट झरेको पानीको फोहरा हेर्न आन्तरिक पर्यटकहरुको भिड लाग्ने गरेको छ। झरना अवलोकल गर्न छिमेकी भारत र नेपालको विभिन्न स्थानबाट दैनिक करिब ४०० जना पर्यटक आउने गरेको झरना व्यवस्थापन तथा सरसफाई समितिका अध्यक्ष दिलिप लिम्बुले बताए। उनका अनुसार शनिबार र बिदाका दिन करिब एक हजार ५०० पर्यटक आउने गरेका छन्।