यस्तो थियो, स्वर्गीय खुमबहादुर खड्काको राजनितिक यात्रा

602

नयाँ नेपाल न्युज
चैत १६,
काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन शुक्रबार साझँ ५ बजे भारतको एपोलो अस्पतालमा भएको छ । दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य निर्वाचित भए । उनी २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री बनेका थिए । उनी पदमा रहदाँ वा नरहदा पार्टीभित्र सधै शक्तिसाली नेता हुन् । उनको शक्ति र ओज भने उस्तै रहेको स्व. खड्कालाई नजिकबाट चिन्ने नेता बताउछन् । पटकपटक गृहमन्त्री हुँदा उनले थुप्रै कार्यकर्ता र आसेपासेलाई सेना, प्रहरी लगायत शक्तिशाली ठाउँमा पुर्याएका छन् । त्यसैले पनि उनको पछि ठूलो समूह थियो । २०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पर्नुअघिसम्म उनलाई सबैले मान्थे पनि । शक्तिशालीसँगै लोकप्रिय पनि थिए । तर जब उनले भ्रष्टाचारको मुद्दा खेपे, त्यसपछि यिनको लोकप्रियता घट्यो । २०६३ मा विशेषले अदालतले सफाई दियो । खड्का कांग्रेसमा सक्रिय हुन चाहे तर उनको धमिलो छविले नदिएपछि अर्कै बाटो खोज्न थाले । त्यसपछि एकसमय हिन्दुवादीसंग मिलेर राजनिति गर्ने सोच बनाएपनि त्यो सफल हुन सकेन् । भ्रष्ट्रचार र विभिन्न कारणले पटकपटक खड्काको जिवनमा विवाद आएपनि उनी एक सदावहार शक्तिसाली नेता थिए ।