Monday, September 28, 2026
Home समाचार खानेपानीको धाराबाट ढल आएपछि

खानेपानीको धाराबाट ढल आएपछि

118

फागुन ३०,
काठमाडौं । खानेपानीको पाइपबाट धमिलो पानी आएपछि बुद्धनगरवासी समस्यामा परेका छन् । काठमाडौं महानगरपालिका वडानम्बर १० स्थित एभरेष्ट मार्गमा रहेका घरमा विगत तीन दिनदेखि लगातार दुर्गन्धित धमिलो पानी आइरहेको स्थानीयको भनाइ छ ।
स्थानिय वासिन्दा सन्तोष गुप्ताले भने, ‘पानी आउने पालोको दिनबाहेक पनि लगातार गन्हाउने पानी आइरहेको छ । गुनासो गर्दा पनि खानेपानी कार्यालयले बेवास्ता गर्‍यो ।’
उनले यसको गुनासो लिएर मिनभवनस्थित केयूकेएलको कार्यालयमा गएको र केही कर्मचारीहरु आएर वरपरको क्षेत्रमा खनेर हेरेपछि ढल नमिसिएको जानकारी दिएर हिँडेको उनले बताए । ‘उहाँहरु ढल मिसिएको छैन भनेर जानुभयो तर, धारोबाट दुर्गन्धित पानी आउनेक्रम रोकिएको छैन,’ कानुन व्यवसायीसमेत रहेका गुप्ताले भने, ‘ढल मिसिएको होइन भने के भएको हो छिटो समस्याको समाधान गरिदिनुपर्‍यो नि ।’
उनले धमिलो र गन्हाउने पानी आएपछि खाना पकाउने, नुहाउने र कपडा धुने कामसमेत गर्न नपाएको गुनासो गरे । –अनलाइन खबर