Sunday, September 27, 2026
Home समाचार मृतकको पोस्टमार्टम गर्दै डाक्टर

मृतकको पोस्टमार्टम गर्दै डाक्टर

110

मृतकको पोस्टमार्टम गर्दै डाक्टर
फागुन ३०,
काठमाडौं । विमान दुर्घटनामा दिवंगतहरूको शव पोस्टमार्टम गर्ने डा।हरिहर वस्तीले मध्यरातिदेखि मंगलबार बिहान दुई बजेसम्म शववरिपरि बिताए। सोमबार राति १० बजे शव अस्पताल पुर्‍याएपछि त्यसको पोस्टमार्टम मध्यरातबाट सुरु भएको थियो। विमान दुर्घटनापछि झन्डै दर्जन चिकित्सकले घटनाको प्रकृति र परिस्थितिबारे जानकारी लिएका थिए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
शिक्षण अस्पताल पुर्‍याइएका शवको बाह्य अवलोकन गरे। सनाखत गर्न मिल्ने खालका लक्षण केलाए। शोकाकुल परिवारझैं विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको पहिचानको प्रयास गर्दै पोस्टमार्टममा संलग्न चिकित्सक पनि अनिदो बसे। डा वस्तीले भने, ‘पाँच घण्टा पनि सुतिएको छैन। बिहान साढे आठ बजे आइहालियो।’
सबैेको शवको पोस्टमार्टम सक्न झन्डै एक साता लाग्न सक्ने उनले अनुमान गरेका छन्। पोस्टमार्टमलगायत अन्य कार्य गर्न शिक्षण अस्पतालका रेसिडेन्टसमेत गरी १२ जना चिकित्सक खटिएका छन्।
त्रिवि, शिक्षण अस्पतालको फरेन्सिक विभागका विभागीय प्रमुख डा। प्रमोद श्रेष्ठको नेतृत्वमा चारवटा समूहमा विभाजन भएर चिकित्सकले विभिन्न पक्षको सूक्ष्म विश्लेषण गरेका छन्। तीनवटा शवको पोस्टमार्टम भइसकेको छ।
त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग परिसरमा उभिएका आफन्तलाई सम्झाउन व्यस्त देखिन्थे चिकित्सक। उनीहरू शोकाकुल आफन्तलाई धैर्य गर्न आग्रह गर्दै थिए। ‘शव पहिचानका लागि नागरिकता चाहिन सक्छ,’ डा।वस्ती सुझाव दिँदै थिए, ‘अरूबाट केही पार लागेन भने औंठा छापबाट पनि पत्ता लाग्न सक्छ। त्यही भएर नागरिकता पनि समावेश गरिदिनुहोला।’
५१ जना मृतकको हुलियासहित सबै जानकारी संकलन भएपछि विश्लेषण गर्दै क्रमशः पोस्टमार्टम गरिनेछ। डा। वस्तीसामु मंगलबार बिहान अर्का एक पीडित अघि सर्दै मृतकको हुलिया लेख्ने फारम नभएको गुनासो पोखे। ‘मसँग त फारम नै छैन,’ डा। वस्तीले जवाफ फर्काए। विशेष परिस्थिति भएकाले विशेष किसिमले पोस्टमार्टम हुने हो रु अर्का पीडितले प्रश्न गरे। धेरै व्यक्तिको निधन भएका कारण पोस्टमार्टम गरी शव बुझाउन गल्ती हुन सक्ने हुँदा धैर्य गर्न डा। वस्तीले पुनः आग्रह गरे। उनले भने, ‘गल्ती नहोस् भनेर तपाईं–हामी सबै सजग हुनुपर्छ। त्यही भएर सुरुदेखि नै व्यवस्थित तरिकाले पोस्टमार्टम गर्न खोजेका हौं।’
एक पीडितले हुलियासहितको फर्म भरेको देखाएपछि डा. वस्तीले फेरि सम्झाए। उनले थपे, ‘कुन कपडा लगाएर हिँडेको हो भन्ने कुरा त फोन गरेर पनि बुझ्न सकिन्छ। त्यो हुलिया छ भने भर्नुस्।’ उनी कानुनी प्रमाणका रूपमा लिइने उल्लेख गर्दै गलत सनाखत भएको अवस्थामा डकुमेन्ट पेस गरी हस्ताक्षर गर्ने व्यक्ति नै जवाफदेही हुने बताउँदै थिए।
पोस्टमार्टम गर्न र आफन्तले दिएको विवरणको तुलना गरी विश्लेषण गर्न आफूहरूलाई समय दिन पटक–पटक आग्रह गरिरहेका थिए। उनले भने, ‘हाँसेको फोटो भयो भने सजिलो हुन्छ। दाँतले डीएनएजत्तिकै काम गर्छ। दाँत जलेर पनि नासिएको हुँदैन। छिट्टै जलिहाल्दैन।’
सामान्यतयाः दाँतको नम्बर, युनिकनेस अलग(अलग हुने भएकाले एक अर्काबीच मेल खाँदैन। फरेन्सिक विभागका विभागीय प्रमुख एवं शव पहिचान टिमका संयोजक डा। श्रेष्ठले दाँतको पहिले गरेको उपचार गरेको त्यो कार्ड भए ल्याउन आग्रह गरे। उनले भने, ‘अन्तिम उपाय भनेको डीएनए परीक्षण हो।’