नेपाली चलचित्रमा लोकलयको तंरगः यी हुन् उत्कृष्ठ १० गीतहरु

486

नयाँ नेपाल न्युज
फागुन २६,
काठमाडौं । नेपाली चलचित्रमा लोकगीत राख्ने प्रचलन पुरानो हो । चलचित्र परिवर्तनमा समावेश गीत बहिनीको दया छ भने रोदीघर दाइ नाच्यो नभने, चलचित्र माइतीघरको गीत काला कुर्तैले छ महिने जागिरै खायाँ र चलचित्र कान्छीको कान्छी हे कान्छी, चिनोको मोहनी लाग्ला है गाउँलेको बोलीले जस्ता लोकभाका बोकेका गीतहरूले त्यतिबेला दर्शकको माया पाएका थिए । जब नेपाली चलचित्र संगीतमा संगीतकार शम्भुजित बासकोटाको आगमन भयो, उनले एकपछि अर्को लोकभाकाको गीतहरूलाई चर्चामा ल्याए । अल्लारेको रातो टीका निधारमा, ठूल्दाइको सुन सुन सनम, आफ्नो मान्छेको चट्ट रुमाल क्या मालुम, दैव संजोगको अच्छा लेकिन लन्डनको चिसो, नेपाली बाबुको त्रिशूली बगेर मस्र्याङ्दीमा झरेछ जस्ता अनेकौं लोकभाकाका गीतहरूको सिर्जना गरेर चर्चामा ल्याएपछि शम्भुजित बासकोटा मेलोडी किङका रूपमा कहलिए । त्यसपछि समय नेपाली चलचित्रमा आधुनिक र पप लयका गीतहरु सुन्न र हेर्न पाइन्थ्यो । नेपालीपन र लोकलय त दोहोरीमा समेत हराउदैं गएको समयमा एकाएक नेपाली चलचित्रमा लोकलय फर्किएको छ । चलचित्र वडा नम्बर ६ बाट पून नेपाली चलचित्र लोकगीत र संगीतले स्थान पाएको थियो । आधुनिक प्रविधिमा कुन गीत कति हेरिए भन्ने मापन युटुवको रेर्कडलाइ मान्ने हो भने झण्डै तीन वर्ष अगाडी उक्त चलचित्रको सूर्के थैली खै बोलको गीतले २ करोड ५६ लाख पटक भन्दा धेरै हेरिएको छ । त्यो गीतलाई लोकभाकामा गीतहरूको सिर्जना गर्दै संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका थिए । सुर्केथैली खोइले प्रत्येक नेपालीहरूको मन जितेपछि एकाएक चर्चाको शिखरमा पुगेका राजनराज शिवाकोटीको लोकभाकाको सिर्जना आफ्नो चलचित्रमा राख्न अहिले चलचित्र निर्माता–निर्देशकहरू लागि परेका छन् । सुर्केथैली खोइपछि छक्कापञ्जाको पूर्वपश्चिम रेलले पनि सफलता पाएपछि राजनराज शिवाकोटीसामु दर्जनभन्दा बढी चलचित्रको खात लागेको छ, जसमा लोकभाकाकै नाच्ने गीतको माग छ ।
पछिल्ला १० गीतहरु यसप्रकार छन्

१. सुर्केथैली, चलचित्र -वडा नम्बर ६

२. पूर्व पश्चिम रेल, चलचित्र -छक्का पन्जा

३. कुटुमा कुटु, चलचित्र -२ रुपैया

४. कम्बर माथी पटुकी, चलचित्र -नाइ नभन्नु ल -३ 

५.चरी च्याटपरि, चलचित्र -कान्छी

६. रुपै मोहनी, चलचित्र -शत्रु गते

७ पर्ख पर्ख मायालु, चलचित्र -मंगलम

८.शिरैमा शिर बन्दी, चलचित्र- हाउ फन्नी

९. मैना राजा मैना रानी, चलचित्र- नाइ नभन्नु ल -४

१०. सान्नालीलाई भेटन आउदा, चलचित्र- भैरे , नयाँ चलचित्र