जनप्रतिनिधिहरुले रातो कलमलाई मात्र महत्व दिएः एमाले नेता बस्नेत

264

नयाँ नेपाल न्युज
फागुन १४,
भक्तपुर । नेकपा एमाले युवा नेता तथा सांसद महेश बस्नेतले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुमा दम्भ र घमण्ड बढेको आरोप लगाएका छन् ।
इन्सेक भक्तपुरले सोमबार आयोजना गरेको वर्तमान परिपे्रक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकार बिचको सहकार्यका अवसर र चुनौती विषयक कार्यक्रमा बोल्दै बस्नेतले भने ‘उहाँहरुमा म भन्दा ठुलो कोही छैन भन्ने दम्भ बढेको छ’ ।
बस्नेतले जनप्रतिनिधिहरुमा मौलाएको दम्भ र घमण्डले व्यक्ति स्वयम् मात्र नभए सम्बन्धीत पार्टी र स्थानीय तहलाई ठुलो नोक्सान हुने बताए ।
कार्यक्रममा बोल्दै उनले भने उहाँहरुले ‘आफ्नो नेतृत्व विकाश गर्न नसके भविष्यको राजनितिक भविष्य समेत समाप्त हुन्छ ’।
जनप्रतिनिधिले चारकिल्ला प्रमाणित र भूमिसुधारको काम गरेर दैनिक समय बिताउदैं आएका तथा विकाश निर्माण र अन्य काम ध्यान दिन नसकेको बस्नेतको भनाई छ ।
‘रातो कमलले सिफारिमा हस्ताक्षर गर्न पाएपछि खुशि हुने जनप्रतिनिधिले स्थानीय तहको विकाश हुदैंन,’ बस्नेतले भने ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरकी उपप्रमुख सरिता कुँवर, जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, सूर्यविनायक नगरपालिकाकी उपप्रमुख जुना बस्नेत, चाँगुनारायण नगरपालिकाकी उपप्रमुख विणा बास्तोलालगायतले स्थानीय तहको विकाश र प्रगतिकोलागि नागरिक समाज जनप्रतिनिधि मिलेर काय गर्नु पर्ने बताएका छन् ।