सरकारी निकायले यता उता भन्दैमा नक्सा पासमै बित्यो १८ महिना

170

बैशाख १२,
भक्तपुर । नेपालमा बिनाशकारी भुकम्प गएको आज तीन वर्ष पुरा भएको छ । यो तीन वर्ष धेरै पीडितहरुले त्रिपाल र टहरो भित्र नै बिताएका छन् । जाडो, तातो, पानी, हुरी बतास सहदैं तीन वर्ष विताएका पीडितलाई अब कति वर्ष यसरी जिन्दगी चलाउनु पर्छ भन्ने थाहा छैन् । भक्तपुर नगरपालिका वडा नम्बर ७ इनाचोंकी दिलदेबी डुमरुले भुकम्प गएको एक वर्षपछि नै घर बनाउने अठोट गरिन् । तर उनले र परिवार सदस्यले चाहेर मात्र घर निमार्ण हुन सकेन । उनीहरुको भत्किएको घर विश्वसम्पदा सुचिभित्र रहेको क्षेत्रमा पर्छ । त्यसैले नक्सा पास गर्न नै लामो समय लाग्यो । उनले भनिन् ‘ नगरपालिकाले मात्र नक्सा पास गरेर नहुने रहेछ, अन्त जादाँ धेरै समय लाग्यो । विश्व सम्पदा सुचिमा भक्तपुर नगरभित्रका केही क्षेत्र पर्ने हुदाँ पीडितलाई नक्सा पास गर्न लामो समय लागेको बताएका छन् । ‘आवश्यक प्रकिया पुरा गरेर कहिले काहीँ कर्मचारीले यो भएन् त्यो भएन भन्दै १८ महिनामा बल्ल नक्सा निस्कियो’ दिलदेबीले भनिन् । वडा कार्यालयको सिफारिसमा नगरपालिकामा बाट नक्सा पास हुने भएपनि विश्व सम्पदा सुचिमा परेका क्षेत्रका घरधनीले भने पुरात्वविभागबाट समेत नक्सा पास गर्नु पर्ने कानुनी प्रावधान रहेको छ ।
अर्की भुकम्प पीडित लक्ष्मी केशरी सुवाल सरकारले पूर्ननिमार्णको मिति तोक्दा श्रमिकको ज्याला र निमार्ण सामाग्रीको मुल्य धेरै बढ्ेको बताइन् । रडमा किलोको २० रुपैयाँ, सिमेन्टमा ४ सय, बालुवा– गिट्टीमा टिपको ५ हजारसम्म वृद्धि भयो कसरी सरकारले भने जस्तो घर बनाउन सकिन्छ ? दिपेश डुमरुले प्रश्न गरे ।
तीन वर्ष समय हुदाँ समेत धेरै घरको भग्नावशेष हटाउन सर्वसाधरण सकिरहेका छैनन् । कतिपय स्थानमा भुकम्पले कमजोर बनाएका घरहरुमा टेको लगाएर समेत स्थानीयहरु बसिरहेका छन् ।
भक्तपुर र मध्यपुरथिमि नगरभित्र कम क्षेत्रफल रहेको जमिनमा बहुस्वामित्व रहेका घर कसले बनाउने भन्नेमा विवाद हुदाँ समयमै निजि आवास निमार्ण हुन नसकेको हो । सूर्यविनायक नगरपालिका र चाँगुनारायणमा गुठी र मोहीको समस्याले गर्दा समस्या भएको छ । भुकम्पले भत्काए पुरात्वतिक महत्वका मन्दिर, शतल, पाटी, देवालय लगायत अन्य संरचनाको पूर्ननिर्माणले गति लिन सकिरहेको छैन् ।
भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका भित्र बस्तीहरुमा जमिनको क्षेत्रफल कम रहेकाले पूर्न निमाणमा सोचजस्तो प्रगति हुन सकिरहेको छैन् ।
जिल्लामा भूकम्प पीडित भनेर पहिचान भएका लाभग्राहीको संख्या २७ हजार ६ सय ४४ रहेको छ ।
जसमध्ये २२ हजार ७ सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।