प्रधानमन्त्रीले मागे सञ्चारमन्त्री बाँस्कोटाको…….

401
फाइल तस्बिर

फागुन ८,
काठमाडौं । सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई प्रधामन्त्री केपी ओलीले राजीनामा गराउने भएका छन् । स्वीस कम्पनीका एजेन्टसंँग कमिसनको बार्गेनिङ गरेको अडियो टेप बाहिर आएको छ । सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटालाई प्रधानमन्त्रीले आजै राजीनामा गराउन लागेको बालुवाटार स्रोतले बताएको छ । हिजो राती बाँस्कोटाको कमसिन मागेको अडियो टेप सार्वजनिक भएको थियो ।

किन लुकायो बालुवाटरले अडियो ?

बालुवाटार स्रोतले अडियो धेरै पहिला प्रधानमन्त्रीसम्म पुगेको बतायो । ‘तर, किन प्रधानमन्त्रीले बाँस्कोटालाई कारवाही गर्नुभएन अथवा राजीनामा माग्नुभएन हामी नै अचम्भित छौँ’, स्रोतले भन्यो । भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीले आफ्नो विश्वासपात्र रहेका बाँस्कोटालाई किन बचाए रु यो प्रश्न जीवित रहेको स्रोतले बतायो ।