Wednesday, September 23, 2026
Home समाचार आजदेखि १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने

आजदेखि १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने

20

काठमाडौं । विश्वकै प्रथम भनिएको १६ वर्ष मुनि उमेर समूहका बालबालिका तथा किशोर किशोरीहरूलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको निर्णय बुधवारदेखि देशभरि लागु हुँदै छ। अस्ट्रेलियामा इन्स्टाग्राम, फेसबुक, थ्रेड्स, एक्स, स्न्यापच्याट, किक, ट्विच, टिकटक, रेडिट तथा यूट्यूबलगायतका सञ्जालले अब नयाँ कानुनको पालना गर्नुपर्ने छ।

सरकारले बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने उद्देश्य राखिएको बताएको छ। तर आलोचकहरूले यसबाट किशोर किशोरीहरू एक्लिने अनि नियमन नभएका इन्टरनेटका अन्य सामग्रीतर्फ धकेलिने खतरा उब्जने बताएका छन्। प्रधानमन्त्री एन्थनी अल्बानेजीले आजको दिन आफूलाई अस्ट्रेलियाको प्रधानमन्त्री भएकोमा गर्वको अनुभव भएको बताएका छन्। नयाँ कानुनको पालनामा सरकारले सामाजिक सञ्जालका कम्पनीहरूलाई जिम्मेवार बनाउन खोजेको देखिन्छ।

प्रतिबन्धको उल्लङ्घन गरेमा अभिभावक तथा बालबालिकालाई सजाय हुने छैन बरु कम्पनीहरूलाई सवा तीन करोड अमेरिकी डलरसम्म जरिवाना गरिने छ। बीबीसीका अनुसार सिड्नीस्थित सम्वाददाता साइमन एट्किन्सनका अनुसार यो नीति कसरी लागु गरिन्छ भन्नेबारे धेरै चासो पाइएको छ।