Saturday, September 26, 2026
Home राजनीति विश्वासकाे मत लिने मुख्यमन्त्री नै नआएपछि मधेश सभा बैठक सर्‍याे

विश्वासकाे मत लिने मुख्यमन्त्री नै नआएपछि मधेश सभा बैठक सर्‍याे

26

काठमाडौं : विश्वासकाे मत लिने लागेका मधेश प्रदेशका मुख्यमन्त्री सराेजकुमार यादव नै नआएपछि मधेश प्रदेश सभा बैठक सरेकाे छ। नेकपा एमाले मधेश सभाका संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले विश्वासकाे मत लिने प्रयाेजनका लागि बुधबार बिहान ८:३० बजे बैठक बाेलाइएकाे थियाे। तर विश्वासकाे मत लिने लागेका मुख्यमन्त्री स्वयं बैठकमा नआएपछि ३ मिनेटमै बैठक स्थगन गरेर दिउँसाे २ बजेका लागि सारिएकाे हाे। मुख्यमन्त्री यादवले २ बजे मात्रै बैठकमा आउने जनाउ दिएपछि उपसभामुख बबिता राउत ईसरले आजै २ बजेसम्मका लागि बैठक स्थगितकाे सूचना सुनाइन्। ​रातारात नियुक्ति भएर हाेटलमा शपथ लिएका मुख्यमन्त्री यादवलाई सर्वाेच्च अदालतले २४ घण्टाभित्र विश्वासकाे मत लिन आदेश दिएकाे थियाे। त्यसैअनुसार बुधबार यादवले विश्वासको मत लिन लागेका हुन्।