भक्तपुर । वि.स २०७४ र २०७९ सालको स्थानिय तहको दुबै निर्वाचनमा सूर्यविनायक नगरपालिकामा निर्वाचित मेयर हुन बासुदेव थापा । सोही नगरपालिकाको वडा नं. १० चित्तपोलका स्थायी बासिन्दा थापा नेकपा एमालेको जिल्ला कमिटिका पूर्व उपाध्यक्ष समेत हुन् । समाजसेवी र विकाशप्रेमी छवि बनाएका मेयर थापाको ८ वर्षको कार्यकालमा कही कतै केही विवाद आएन ।
२०७४ सालमा ७ वटा र २०७९को निर्वाचनमा ५ वटा वडामा एमालेका वडाअयक्षहरु निर्वाचित भएका थिए । तर, उनको हालसम्मको कार्यकालमा उक्त नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुले समेत मेयर थापालाई साथ दिदैं आइरहेका छन् । कारण के भन्दा उनको निष्पक्ष छवि, सबै जनप्रतिनिधीहरुलाई समान व्यवहार नै हो । कांग्रेसबाट निर्वाचित एक वडाअध्यक्षका भने “कार्यपालिकाका कुनै पनि बैठकमा मेयरसापले पक्षपात गर्नू भएको छैन, न बजेट वितरण गर्दा नै, सबैलाई समान गर्ने उहाँको नीति हो ।”
कडा मिजास स्वभावका मेयर थापाको नीतिनै कानुन संम्वत रहेर जनताको सेवा गर्नु हो, उनलाई नजिकबाट चिन्नेहरुको भन्छन् । हुने काम छ हुन्छ, नहुने काम छ भने, हुदैंन, तपाँई यस्तो नीति विपरितको काम लिएर नगरपालिका नआउनु होस्, बासुदेव थापाले सिधै जवाफ दिने गरेका छन् । कहिलेकाहीँ जीवनमा नगरेको गल्तीको दोष आइलाग्दा मेयर थापालाई केही समस्या आइलाग्यो । पतञ्जती जग्गा प्रकरणमा उनले किनेको जमिन समेत परेपछि उनलाई केही तनाव भयो । अझ मिडियाहरुले मुद्धाको प्रकृति र कानुनी कुरा नबुझि समचार बनाउन खोज्दा आफु र आफ्नो परिवारलाई नरमाइलो लागेको उनले आफु निकटहरुलाई बताएका छन् ।
मेयर थापाले काभ्रेपलान्चोक जिल्लाको साविक साँगा गाविस ४ (ख) को कित्ता नम्बर ५५२ को जग्गा डिल्लीध्वज बराइलीसँग किनेका थिए । उनले रु. १ करोड ३० लाख ६६ हजारमा खरिद गरेको जमिन बराइलीले को संग किनेको उनलाई थाहा भएन । बराईले पनि अर्को कुनै व्यक्तिसंग त्यो जमिन खरिद गरेको देखिन्छ, स्रोतले भन्छ । मेयर थापाले आफूले खरिद गरेको पतञ्जलीको जग्गा भएको भन्ने कुनै जानकारी नभएको किनेको बताए । वडा कार्यालय, मालपोत कार्यालय मोठ रोक्का हेरी जग्गा खरिद गरेको उनको भनाई छ । “मैले केही विराएको छैन, त्यसैले म डराएको छैन,“ मेयर थापाले भने ।
उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व प्रधानमन्त्री माधवकमार नेपालसमेत रहेका ९३ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
नेपालसहित ६३ जनालाई बिगो, कैद र जरिवाना मागदाबीसहितका प्रतिवादी बनाइएको छ । मेयर थापासहित २८ जना र २ कम्पनीलाई भने विगो, कैद वा जरिवानाको कुनै माग नगरी प्रतिवादी बनाइएको छ । उक्त प्रकरणमा नाम जोडिएका सूर्यविनायक नगरपालिकाका प्रमुख थापाको पद निलम्बन नहुने आयोगले जानकारी दिएको छ । अख्तियारले जग्गा खरिद मात्रै गरेको र अनियमिततामा कुनै संलग्नतामा नरहेको भन्दै थापाको पद निलम्बन नहुने प्रष्ट पारिसकेको छ ।