स्कटल्यान्डविरूद्ध नेपालले टस जित्यो

14

काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले टस जितेको छ। घरेलु टोली स्कटल्यान्डविरूद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको छ। कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, रिजन ढकाल।

नेपालले सिरिजको दोस्रो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ। जुन ८ मा पुनः स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ। लिग-२ को अंक तालिकामा नेपाल सबैभन्दा पुछारमा अर्थात आठौं स्थानमा छ। नेपालले अहिलेसम्म खेलेका १२ मध्ये २ खेल मात्रै जितेको छ।