भक्तुरमा ईप्सन कप फुटसल सम्पन्न

27

भक्तपुर । एडिफाई प्राइभेट स्कुल्स अर्गनाइजेशन नेपाल ९ईप्सन भक्तपुर० को आयोजनामा ईप्सन कप फुटसल सम्पन्न भएको छ । फागुन ९ र १० गते सम्पन्न भएको अन्तर विद्यालय फुटसल प्रतियोगितामा आधारभूत तहतर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ । यसै गरी माध्यमिक तह तर्फ यूनिटी स्कुल विजेता भएको छ ।
आधारभूत तहतर्फ दोश्रो स्थानको उपाधि सूर्योदय सेकेण्डरी स्कुलले जितेको छ भने माध्यमिक तहमा ईडेन गार्डेन स्कुल द्धितीय भएको छ ।

माध्यमिक तहको तेश्रो स्थान मदरल्यण्ड स्कुल र सान्त्वना सेन्ट जोन स्कुल भएको थियो । यसैगरी आधारभूत तह तर्फ तेश्रो स्थान ईडेन गार्डेन र सान्त्वना यूनिटी स्कुल भएका थिए । प्रतियोगिताको समापन एवं पुरस्कार वितरणमा ईप्सनका अध्यक्ष जिबी खड्कोको सभापतित्व र प्रमुख अतिथि नेपालको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्र मान सिहंको उपस्थिति रहेको थियो । कायक्रममा शिल्ड र मेडल वितरण पूर्व कप्तान सिहंले गर्नु भएको थियो । उहाँले ईप्सन संस्थाले आफ्ना सदस्य विद्यालयका खेलाडिहरुलाई यसरी खेलको लागि अवसर दिएकोमा धन्यवाद दिनु भयो ।

साथै आधारभूत तहतर्फ मदरल्याण्डका अमृत तामागं उत्कृष्ट खेलाडी मदरल्याण्ड कै जयराम बिक सर्वाधिक गोलकर्ता भएका थिए । उत्कृष्ट गोलकिपर सूर्योदयका उज्ज्वल ज्याख्व भएका थिए । यसै गरी माध्यमिक तर्फ उत्कृष्ट खोलाडि ईडेन गार्डेनका मन्देश ठाकुर, उत्कृष्ट गोलकिपर यूनिटीका आशिष थापा र सर्वाधिक गोलकर्ता सेन्ट जोन स्कुलका स्वीकार श्रेष्ठ भए ।