काठमाडौं । आज मंगलबारको तुलनामा सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको छ । सोही परिमाणको चाँदी १० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल दुई हजार पाँच रुपैयाँ निर्धारण भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।