भक्तपुरमा जारको पानीमा मनोमानी, कतै लेउ त कतै थोत्रा जार, हुदैंन अनुगमन

66

भक्तपुर । भक्तपुर जिल्लामा खानेपानी उद्योग संचालन गर्दै आएका व्यवसायीहरुले मनोमानी गर्दा पनि स्थानीय सरकार र जिल्ला प्रशासन मौन बस्दैं आएका छन् । चाँगुनारायण नगरपालिकाको वडा नं. २ र ३ झौखेलमा रहेका अधिकांश पानी उद्योगहरुले पुराना र थोत्रा जारमा पानी भरेर पठाउने गरेको र त्यहिँ भित्र लेउ, रुखको पात, कुचोको डाँठ भेटिने गरेको एक उपभोक्ताले नयाँ नेपाल न्यूजलाई बताए । अन्य नगरपालिकामा रहेका उद्योगहरुको समेत हालत उहिँ रहेको छ । केही वर्ष पहिले पानी उद्योगहरुमा अनुगमन हुने गरेपनि अहिले भक्तपुरका चार नगरपालिका र जिल्ला प्रशासनले तेहातिर ध्यान दिएको देखिदैंन् । कुचिएको पिधँलगायत अन्य स्थान लेउ जमेर बसेको पानी खान भक्तपुर जिल्लाका उपभोक्ताहरु बाध्य छन् । पानी उत्पादन भएको मितिले ३ महिनासम्म पिउन योग्य भनिपनि उत्पादन मिति नै नभएको पानीको जार उपभोक्ताको घरघरमा पुगिरहेको देखिन्छ ।