कृषि विकास बैङ्कको सीईओमा गोविन्द गुरुङ

99

काठमाडौं । कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । चार वर्षे कार्यकालको लागि गुरुङको नियुक्ति भएको हो । कृषि विकास बैङ्कको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हिमालयन बैङ्कबाट बैङ्किङ करिअर सुरु गरेका गुरुङको सिभिल बैङ्कमा सीईओको रूपमा काम गरेको अनुभव छ । उनले ग्लोबल आईएमई तथा मेगा बैङ्कमा समेत काम गरेका छन् । सिभिल बैङ्क छाडेपछि गुरुङ म्यानमारको बैङ्कमा सिइओ भएर काम गरेका थिए ।