काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुशासनविरोधी सरकारको संज्ञा दिएका छन् । यो सरकार सुशासनविरोधि भएकाले लाज पचाएर शिक्षकलाई अपमानित गर्नेतर्फ लागेको उनले आरोप लगाए । प्रेस सेन्टर नेपालको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार उनले प्रधानमन्त्री केपी शर्मा ओली विपक्षमा हुँदा शिक्षकहरूलाई आन्दोलन गर्न उक्साएको बताए । प्रेस सेन्टर आबद्ध पत्रकारलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मलाई अनौठो लागि रहेको छ तपाईंहरुले यो कुरा जनतामा लानु होला, हिजो प्रतिपक्षमा हुँदा शिक्षकहरूलाई किन आन्दोलन नगरेका भनेर उक्साउने मान्छे अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ ।’
प्रचण्डले सत्तामा हुँदा सबै आन्दोलनको पक्षमा हुने सत्ता बाहिर हुँदा आन्दोलनको विरोधमा हुने गर्छन् भनेर मिडियाले प्रचार गरेको बताए । उनले यो विषयलाई खण्डन गर्न आफ्नो दल निकट पत्रकारलाई निर्देशन दिए ।