ईट्टा उद्योगका मजदुरको पीडाः न श्वास राम्रो, न बास

67

-हेमराज ढकाल
भक्तपुर । चारैतिर उराठ लाग्दो वातावरण, धुलो र धुवाँ मिश्रीत दुषित हावा पहिलो पटक पुग्ने मानिसलाई त श्वास लिनपनि गाह्रो होला । न पिउने पानी शुद्ध छ, नबस्ने बास सफा छ । तर, पनि दैनिक हजारौं नेपाली र भारतिय मजदुरहरु भक्तपुरका ईट्टा (उद्योग) भट्टामा एक गाँसकोलागि पसिना बनाउदैं छन् । राज्य छ, स्थानिय सरकारपनि छ तर, ६ महिनाजति चल्ने यो काममा साहु र नाइके कै हुकुम चल्छ । काचोँ ईट्टा बनाउने १ हजार बराबर १३ सय रुपैयाँ र बोक्नेले हजार बराबर ३ सय रुपैयाँ ज्याला पाउने गरेका छन् ।

यो काममा श्रमको उचित मुल्य नभएको रामेछापबाट भक्तपुरको सूर्यविनायकमा काचोँ ईट्टा बनाउदैं आएका एक मजदुरले आफ्नो परिचय नखोल्ने सर्तमा गुनासो पोखे । करिब भक्तपुर जिल्लामा ५ दर्जन हाराहारी इट्टा उद्योग छन् । सबैभन्दा धेरै चाँगुनारायण नगरपालिका ईट्टा उद्योग रहेका छन् । सूर्यविनायकमा १२ वटा संचालित छन् । भक्तपुरमा यो व्यवसाय सुरु हुदाँ बस्ती विकाश नभएपनि पछिल्ला दिनमा धेरै बस्ती विकाश भएकाले यसको विकल्प दिन राज्य तयार हुुनपर्ने स्थानियहरुको भनाई छ ।

मजदुरको पीडाः न श्वास राम्रो न बास
केही समय अगाडी सूर्यविनायक नगरपालिले नगरक्षेत्रमा संचालित ईट्टा उद्योगहरुको अनुगमन गरेको थियो । उपप्रमुख सरिता तिम्सिना भट्टराईको नेतृत्वकमा गरेको अनुगमनमा मजदुरहरुको बस्ने बास राम्रो नभएको, शौचालय राम्रो नभएको भन्दै व्यवसायीहरुलाई सचेत गराएको छ । धुलो र धुवाँमा काम गर्ने अधिकांशले सामान्य स्वास्थ्य मापदण्ड समेत प्रयोग गरेका थिएनन् । कामदार बस्ने झ्याउली वरपर निकै फोहोर भएकाले तत्काल सफा गर्न नगर उपप्रमुख भट्टराईले व्यवसायीलाई निर्देशन दिनु परेको थियो ।
करिब ५ फुटपनि उचाई नभएको साघुँरो झ्याउली धेरै मजदुरहरु कोचिएर बस्नेगरेको अनुगमनको क्रममा भेटिएको छ । केहीमा काँचो ईट्टा बोक्ने काममा १८ वर्ष भन्दामुनीका बालबालिका काम गर्ने गरेको फेला परेको छ ।

अनुगमनपछि हामीले केही प्रश्न सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईलाई सोधेका थियौं, उहाँले दिनुभएको जवाफ यस्तो रहेको छ ।

ईट्टा उद्योग अनुगमनमा के देख्नु भयो ?
-पहिलो यो उद्योग हो यसले ईट्टा ऊत्पादन गर्छ, दोस्रो योसंचालन भईरहँदा पर्यावरणलाई कस्तो असर परेको छ, रोजगारीको अवसर पाएको व्यक्तिहरुको आर्थिक सामाजिक स्वास्थ्य अवस्थाको वारे, फोहरमैला व्यवस्थापन स्वच्छता र उद्योग साथै मजदुरको दिगोपन को वारेमा अध्ययन गर्ने मौका पाए । विशेष गरेर हाम्रो नगरपालिका भन्दा वाहिर रुकुम, रोल्पा, रामेछाप र भारतवाट मजदुरीको सिलसिलामा यहाँ आऊने र ६÷७ महिना बसेर ऊतै फर्किने रहेछन् । अझ बढी ध्यान उनिहरुसंग आएका स–साना बालवालिका जो दुधे देखि १८ वर्षका नानी वावुहरु रहेछन् । ऊपप्रमुख र स्थानिय वाल अधिकार समितिको संयोजक भएकोले मेरो ध्यान अलि बढि त्यसमा परेको छ ।

व्यवसायीलाई सुधारकोलागि नगरपालिकाले के कस्तो निर्देशन दियो ? दिनेछ
-व्यवसायीले विशेष ध्यान दिन पर्ने भनेको आफुले उद्योेग संचालन गर्दै गर्दा अरुलाई कुनै कुराको असर नपरोस, जस्तै ईट्टा भट्टाबाट हुने वायु प्रदुषण धुँवा, यत्र तत्र धुलो नहोस् । साथै बाटोमा माटो, ईट्टालगायतका उद्योगसंग सम्बन्धीत सामाग्री राखेर हिंड्ने मानिसलाई असहज नगर्न सुझाव दिएका छौं । मजदुरका हकमा कामको आधारमा नियमानुसार पारिश्रमिक दिने, उनिहरुलाई बस्ने व्यवस्था राम्रो गर्न यदि गरिएको छ भने सरसफाई, शौचालयको सरसफाई साथै सुद्ध पिऊने पानीको व्यवस्था गर्न निर्देशन दिएका छौं । सबै भन्दा बढि हाम्रो अनुगमन भनेको ईट्टाभट्टामा बालवालिकालाई काम गराउन लगाउने विद्यालय जान नपाउने जस्तो निकृष्ट कामको अनुगमन गरि यि कार्य नगर्न नगराऊन भनि प्रतिवद्धता गराएका छौं । यदि यस्तो कसैले गरे ठहरिएमा नियामानुसार कार्वाहि गर्ने समेतका चेतावनी दिएका छौ ।

बालश्रममा परेका र परिवार विहिन बालीकाहरुका लागि के हुन्छ व्यवस्था ?
-पहिलो त बालश्रम गराउन नै पाईदैन यो दण्डनिय कार्य हो । यदि परिवार विहिन छन् भने यसको खोजीगरि परिवार तथा आफन्त संग पुनर्मिलन गराउने कोहि छैन भने कानुन वमोजिम बालवालिकालाई हामीले सुरक्षित संरक्षण गर्ने व्यवस्था गरेका छौं ।

कति ईटा उद्योग अनुगमन भए ? तीनिहरुले पारेका वातावरणीय प्रभाव र असर न्यून गर्न कस्तो नीति अवलम्बन होला ?
-हाम्रो नगरपालिकाको कार्यक्षेत्र भित्र हाल संचालनमा रहेका १२ वटा ईट्टाभट्टा को तथ्यांक छ ति ईट्टाभट्टा सवै हामी अनुगमन गरेका छौं । यो हरेक साल गर्दै आइरहेका पनि छौ । वातावरिणीय हिसावले यो अत्यन्तै असर गर्ने धुलो र धुँवा आउँछ । हाम्रो नगरपालिका मानविय बस्ती बाक्लो घना भएकोले यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने देखिएको छ । यस्ता प्रदुषित उद्योगहरुलाई क्रमशः खुला र औद्योगिक क्षेत्र किटान गरिएका क्षेत्रमा स्थानान्तरण गर्न पर्ने आम नागरिकहरुको सुझाव आएको छ यि विषयमा पनि वहस गर्न जरुरी छ ।

साथै कामका सिलसिलामा यहाँका स्थानिय भन्दा पनि बाहिरी जिल्लावाट आएका कावु आमासंगका साना दुधे वच्चाहरुलाई कि आमा बावुले सुरक्षित हेरचाह गर्न पर्ने वा सुरक्षित हेरचाह केन्द्र व्यवस्थापन गरि वच्चाको केयर गर्न पर्ने व्यवस्था गराएका छौ । केहिले संचालन गरेका छन् केहिले छैनन् हाम्रो त्यो तर्फ ध्यान गएको छ । क्रमश सुधार गर्न लगाऊने छौं । साथै विद्यालय जान सक्ने वच्चा अनिवार्य पठाउन व्यवसायी र सम्बन्धीत नाईकेलाई भनेका छौ । बालश्रम गराउनु र पढ्न पाउने अधिकारबाट बञ्चित गराउनु नेपालको कानुन विपरित भएको हामीले उनीहरुलाई प्रष्ट पार्दै सचेत गराएका छौं । धन्यवाद

अनुगमनको क्रममा खिचिँएका केही तस्विर