ईट्टा भट्टामा कार्यरत मजदुरमा क्षयरोग देखियो

53

भक्तपुर । सूर्यविनायक नगरपालिकाको एक ईट्टा भट्टामा कार्यरत २ जना मजदुरमा क्षयरोगको संक्रमण देखिएको छ । आइतबार नगरपालिकाले वडा नं. ४ दधिकोट हर्षचोकमा रहेको दक्षिण बाराही ईट्टा भट्टाकार्यरत मजदुरमा क्षयरोगको परिक्षण गरिएको थियो । सो ईट्टा भट्टा रहेका १ सय ४२ जना मजदुरहरुमा क्षयरोगको परिक्षण गर्दा २ जनाको संक्रमण देखिएको नगरपालिकाले जानकारी दिएको छ । शंका लागेका थप ७ जनाको नमूना परिक्षणकोलागि पठाएको हो । एआई जडित एक्सरेबाट रोगीको परिक्षण गरिएको थियो । उक्त ईट्टा भट्टामा कार्यरत मजदुरहरुलाई छातीरोग विशेषज्ञले आवश्यक परामर्श दिएका छन् ।