काठमाडौं । विगतमा रोकिएको अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन नेकपा माओवादीले पार्टीले स्थगित गरेको छ ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगित गर्ने निर्णय गरेको हो । नयाँ नेतृत्वका लागि यही मङ्सिर २३ र २४ गते अखिल क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन तय भएको थियो । तत्कालका लागि सम्मेलन स्थगित गरिए पनि मङ्सिर २७ गते बस्ने स्थायी कमिटी बैठकले निर्णय गर्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिएका छन्।