मिनबहादुरको दान एमालेको बदनाम !

60
एमालेलाई जग्गा दान दिदैं मिनबहादुर दम्पती, लिदैं ओली दम्पती । तस्विरः ओलीको सचिवालय

-साइला दाई
नेपालको राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्सवादी लेलिनवादी) एमाले पार्टी लामो इतिहास बोकेर आएको पार्टी हो । नेपालमा प्रजातन्त्र प्राप्तीको आन्दोलनका लागि वि.स २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीसंगै जोडिएको जनप्रीय पार्टी एमाले यतिबेला बदनाम हुन थालेको छ । पटक पटक फुट र जुट हुदैं हाल विभिन्न गुट उपगुटको सिकार एमाले भईरहेको छ । पुष्पलाल श्रेष्ठ, मदन भण्डारी, मनामोहन अधिकारीलाई आर्दश मान्ने एमाले यतिबेला साच्चै भन्नु पर्दा कम्युनिष्टको सिद्धान्त बिर्सिएर पुजिँवादी भइसकेको छ । लोकप्रीय कार्यक्रम वृद्ध भक्ता र आफ्नो गाउँ आफैं बनाउ भन्ने तत्कालिन प्रधानमन्त्री मनमोहनको सपनालाई कुल्चिएर एमालेलाई बदनाम गराउनेहरु सक्रिय छन् । २०५१ सालबाट जनतामाझ प्यारो हुन थालेको एमाले वि.स २०८१ सालसम्म आईपुग्दा नेताहरुको बोली आचरण र व्यवहारले गर्दा ओरालो यात्रा तर्फ लाग्न थालेको छ ।

धन सम्पति जोड्ने, आफ्नालाई राजनीतिक नियुक्ती दिने, समानुपातिक सांसद पद करोडौंमा बिक्रि गर्ने जस्ता आरोप एमालेका नेताहरुलाई लाग्ने गरेको छ । संगठन र कार्यकर्ताको हिसाबमा दक्षिण एशियाकै ठुलो पार्टी मध्य एक यो पार्टी जग बलियो भएर मात्रै टिकेको धेरैको बुझाई छ । विभिन्न काण्डमा मुछिएका कालो पोतीएका अनुहारहरु पार्टीको निर्णायक तहमा वर्षौसम्म रहनु र युवा पुस्तामाझ लोकप्रीयता घटनुलेपनि अबका केही वर्षमा एमालेको भविष्य संकटमा पर्ने देखिन्छ । नेपालमा एमाले पार्टी कमजोर हुनु भनेको कम्युनिष्ट पार्टी सकिने पहिलो चरण हो । देशभक्त राष्ट्रवादीहरु कमजोर हुनु हो ।
एमाले पार्टीको घट्दो लोकप्रीयताका धेरै कारण छन् । पार्टीका महत्वपूर्ण पदमा एउटै व्यक्तिको वर्षौसम्म रहनु, एउटै निर्वाचन क्षेत्रबाट वि.स २०४८ सालदेखि २०७९ सम्म एउटै व्यक्ति बारम्बार सांसद बन्नु, नयाँले अवसर पाउने सम्भावना कम हुनु, नेताको दैलोमा दैनिक पुग्ने, हुक्के चम्चे, चाप्लुसीबाद गर्नेलाई टिकट दिने परिपाटी पहिलो कमजोरी हो । यो कमजोरीले गर्दा धेरै स्थानमा जीत हासिल गर्ने अवस्था हुदाँ हुदैं एमालेका उम्मेरदवार पराजीत भएका छन् ।
२०५६ सालका बामदेब गौतमको कारण र २०७९ माधवकुमार नेपालको कारण ससदीय राजनीतिमा कमजोर बनेको एमाले २०८४ मा वर्तमान नेतृत्वको कारण कमजोर हुन सक्छ । पार्टी विभाजनपछि पहिलो शक्ति हुन नसकेको एमाले मिसन ८४ भनेर लागेको छ तर, वर्तमान पार्टी नेतृत्व र सरकारको गतिविधिले एमालेलाई जनता माझ खराब चित्रण गर्न थालेको देखिन्छ । दुर्गा प्रसाइ जस्तासंग भिड्ने र बालेनको फेसबुक स्टाट््समा लड्ने हैशियत एमालेको होइन् । अरुलाई दोष लगाएर आफु उम्कनु हुदैंन तर, एमालेको पक्ति अहिले यस्तै गरिहरेको छ ।
धनी र अवसरबादीलाई जिल्लादेखिका नेताहरुले च्यापेर राख्ने र संगठन पार्टी भनेर लाग्नेहरुलाई वेवस्था गर्न थालेपछि लामो समयसम्म पार्टी जीवन भनेर लागेकाहरु निराश छन् । भातृ, शुभेच्छुक संगठनहरुमा मौलाएको गुटबन्दीको असर केन्द्रदेखि वडातहसम्म पुग्नले पनि एमालेलाई आउँदो निर्वाचन तेती सहज देखिदैंन ।

केन्द्रमा वर्तमान अध्यक्ष केपी शर्मा आली र पूर्वराष्ट्रपति विद्या भण्डारीबीचको गुटबन्दी जिल्ला तहसम्म पुगेको छ । यो वर्ष सम्म भएकाले धेरै जिल्ला अधिवेशनमा यी दुई गुटबीचको टकराव प्रष्ट देखिनुपनि शुभ संकेत भने होइन् । पहिलो पटक प्रधानमन्त्री हुदाँ वाह वाह भएका वर्तमान प्रधानमन्त्री ओली यतिबेला बदनाम हुन थालेका छन् । आफ्ना अगाडी बस्नेहरुको मात्रै कुरा सुन्ने ओलीको बानीले सिंगो एमालेलाई घाटा लगाउने पक्का छ । जनताको चासो र जीवनसंग जोडीएको विषयमा भन्दा पनि उखान र टुक्का मात्रै बढि बोल्ने गरेको आरोप उनी माथी छ । उमरे हद हटाएर दोस्रो पटक एमालेको अध्यक्ष भएका ओली जीवनको उतर्राधमा पाएको पदबाट नाम होइन बदनाम हुने देखिन्छ ।
मुलुकको ध्वस्त अर्थ व्यवस्था सुधार हुने संकेत देखिएको छैन् । बेरोजगारी दर बढेको छ । प्राकृतिक विपत्तीमा परेका जनाताले राहत पाउन सकिरहेका छैनन् । देशमा सयौं मानिसको मृत्यु भएको अवस्थामा ओली भने ग्रुप लिएर अमेरिकामा फोटो खिचाउदैं बस्नुले पनि उनको सल्लाहकार टिम गतिलो छैन भन्ने देखिन्छ । देशको प्रधानमन्त्री जस्तो मानिसले बोल्लने हरेक शब्द कानुन हो, विकाश हो र निकाश हो भन्ने हेक्का केपी ओलीले राखेको दैखिदैंन । उनले गरेका गलत कार्य र बोलेका शब्दको उत्तर आम सर्वसाधरण कार्यकर्ताहरुल् गाउँ गाउँमा दिनु परेको छ ।

सरकार गठन भएको १ सय दिन पुग्नै लाग्दा जनतामा आशाको एउटा किरण छर्न सरकारले सकेको देखिदैंन । बाढि पहिराले सयौं मानिसको ज्यान गयो । राजमार्ग ध्वस्त छन् । पुलहरु बाढीसंगै बगेका छन् सरकारले त्यस तर्फ ध्यान दिन सकेकौ जस्तो देखिदैन् । आयातमूखी अर्थतन्त्र सुधार गर्ने कार्यहरु लागू हुन सकिरहेका छैनन् । कर्मचारी तन्त्रमा राजनीति भावी छ । यस्तो असर हुदाँ हुदाँ नेपाली सेना र प्रहरी संगठनमा पनि देखिन थालेको छ । यसले देशको प्रशासन र सुशासन कस्तो छ भनेर देखाउँछ । विकाश निर्माणका कार्य प्रायः ठप्प छन् । ठेकेदारले भुक्तानी नपाएर रुवाबासी छ । उता देशको दोस्रो ठुलो दल र पहिलो दल मिलेर बनेको सरकार छ कि छैन देशमा जस्तो हुन थालेको छ । जनताको अन्तिम आशा र भरोसा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएर बनेको सरकार होला भन्ने बुझाई गलत हुन थालेको छ । १ सय दिन नपुग्दै बजारमा सरकार परिर्वतनको हल्ला चल्न थालेको छ । यस्तो फुटपाटे राजनीतिले देश कहिले बन्छ ?

जग्गा दान, अनि बदनाम
विवादीत चर्चित व्यापारी मिनबहादुर गुरुङले एमालेको पार्टी कार्यालयमा बनाउन काठमाडौं झण्डै ११ रोपनी जग्गा दानस्वरुप दिए । यो दान लिने कार्यको सामाजिक संजालमा तीव्र विरोध भइरहेको छ । एमालेका शिर्ष नेताहरु यसको बचाउ गरिहेका छन् । तर, आम तल्लो तहका नेता कार्यकर्ता भने यसको बिरोधमा छन् । बालुवाटारको चर्चित ललिता निवास जग्गा काण्डमा मुछिएका भाटभटेनीका मालिक गुरुङले एमालेको पार्टी कार्यालयमा बनाउन जमिन दिएर आफ्नो सजाय माफी लिन खोजेको बजारमा हल्ला छ । कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा एमालेलाई सित्तैमा दान स्वरुप उपलब्ध अपराधबाट मुक्त हुने मिनबहादुरको चाहानालाई ओलीले साथ दिएको देखिन्छ । सत्ता साझेदार कांग्रेसले समेत यसको बिरोध गरिरहेको छ । राज्यले अपराधी भनेर मुद्धा चलाएका र बदनाम व्यक्तिहरुसंग अन्य पार्टीका नेताहरुको पनि उठबस नभएको भने हैन । राज्यले मुद्धा चलाएको व्यक्तिसंग सत्तामा रहेको पार्टी नेकपा एमालेले जमिन लिनु कुन नैतिकता हो ? यसको जवाफ ओली र एमाले शिर्षस्थले नेतृत्वले दिनु पर्दछ । धेरैको सुझाव अुनसार यो दानलाई बहिष्कार गर्नुको विकल्प छैन एमाले र ओलीसंग छैन । नत्र एमालेको निधारमा लागेको यति, ओम्नी, बालुवाटार पछिको भाटभटेनीको कालो टिका कसैले पुछ्न सक्दैन् । यसको सुधारकोलागि एमालेका वडा तहदेखि ध्यानाकर्षण पत्र केन्द्रिय हेडक्वार्टरमा बुझाउनु आम कार्यकर्ताको दायित्य हो । पार्टी कार्यालय बनाउने भन्दै संगठित सदस्यसंग उठाएको १ सय रुपैँया र मदन नगरबल्खुको जमिन बेचेर बरु अन्तै किनेर कार्यालय ठडाउनु उत्तम हुन्छ, मिनबहादुरको दान लिएर होइन् ।

यो लेखकको नीजि बिचार हो । -सम्पादक