नेकपाको विवाद मिलाउन आएको चिनियाँ टोली फर्कियो

83
lrlgofF pkdGqL Sjf] sf7df8f}Fdf sf7df8f}F !@ k'; M lrlgofF sDo'lgi6 kf6L{sf] cGt//fli6«o ljefusf pkdGqL Sjf] P rf} cfOtaf/ g]kfn e|d0fsf qmddf lqe''jg cGt//fli6«o ljdfg:yndf . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

पुस १५,
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद मिलाउनको लागि नेकपा आएको चिनियाँ टोली फर्किएको छ। नेकपालाई मिलाउनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको एक उच्चस्तरीय गत आइतबार टोली आएको थियो।

चिनियाँ टोली बुधबार बिहान पौने नौ बजे हिमालय एयरलाइन्सको नियमित उडानमा स्वदेश फिर्ता भएको नागरिक उड्यन प्राधिकरणको प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।

चिनियाँ टोलीले नेपाल आएकै दिन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो। प्रधानमन्त्री ओलीसँग दुई देशको सम्बन्धको बिषयमा छलफल भएको जनाइएको छ।

सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसँग भेटवार्ता गरेको थियो। अध्यक्ष दाहालसँग नेकपाभित्रको अवस्थाबारे छलफल भएको थियो। टोलीले नेकपा फेरि मिल्नका लागि सुझाब दिएको थियो।

चिनियाँ टोलीले प्रतिनिधिसभाको सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटवार्ता गरेको थियो। यस्तै, प्रमुख प्रतिपक्षी दलको सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई पनि भेटवार्ता गरेको थियो। चिनियाँ टोलीले कांग्रेसको सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिएको छ।

नेकपा एकीकरणअघि चिनियाँ अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ यचौले नेपाल भ्रमण गरेका गरेका थिए। २०७४ फागुन ८ मा नेपाल आएका गुओले नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, केपी ओलीसहितका नेताहरूसँग भेट गरेका थिए र त्यसपछि नै पार्टी एकीकरणका लागि प्रस्ताव तयार भएको थियो।