कास्की प्रहरीको हिरासतमा पूर्वगृहमन्त्री लामिछाने

9

कास्की । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) कोटोलीले जिल्ला प्रहरी कार्यालय कास्कीलाई जिम्मा लगाइएको छ । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका उनलाई प्रहरीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा लगेको हो ।

स्थलमार्गबाट लैजादा बाटोमा केही स्थानमा सहकारी पीडितले जनताका पैसा ठगी गर्नेलाई कार्बाही गर भन्दै नाराबाजी पनि गरेका थिए । केही स्थानमा रास्वपा कार्यकर्ताले लामिछाने पक्राउको विरोधमा सरकारबिरुद्ध नाराबाजी गरेका थिए । लामिछानेलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो । उनी अहिले हिरासतमा छन् । राती करिब ३ बजेतिर कार्यालय प्रवेश गराइएको थियो ।