Saturday, September 26, 2026
Home समाज कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो

कावासोतीमा अनकण्टार भिरबाट जिप खस्‍यो

44

नवलपरासी : नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोतीमा जिप दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जेसी शाहका अनुसार कावासोती–१ बालुवाडाँडास्थित भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीतर्फ आइरहेको जिप दुर्घटना हुँदा केही व्‍यक्तिको हताहती भएको छ। अनकन्टार पहाडमा दुर्घटना भएको तथा भर्खरै उद्धार सकिएको छ। घाइतेलाई नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पताल पुर्‍याइएको छ। क्षमताभन्दा बढी यात्री बोकेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ। मृतक तथा घाइतेको विवरण प्राप्त हुन बाँकी रहेको बताइएको छ।