Sunday, September 27, 2026
Home राजनीति उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक ३ बजे बस्ने

32

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । संयन्त्रको बैठकको तयारीका लागि मङ्गलवार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा बढी छलफल भएको थियो । नेताहरूका अनुसार सुदूरपश्चिम प्रदेश सरकारको विषयमा सत्तासाझेदार दलहरूका बीचमा सहमति जुटेको छैन ।नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ पार्टीका संस्थापक रेशम चौधरीसँग सल्लाह गर्न डिल्लीबजार कारागार पुगेकी छन् ।नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका नेताहरूको रिहाइलाई पहिलो सर्तका रूपमा अगाडि सारेको छ ।