मध्यपुरलाई शिक्षा, पर्यटन र स्वास्थ्यको नमूना बनाउछौंः नगर प्रमुख श्रेष्ठ

23

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमि नगरपालिकालाई शिक्षा, पर्यटन र स्वास्थ्य क्षेत्रको नमूना नगर बनाउने बताए । शुक्रबार रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको कार्यक्रममा उनले भने “हाम्रो दुई बर्षे कार्यकालमा पहिलो वर्ष नीति, नियम बनाउन लागेको र त्यही नीति, नियमको आधारमा अहिले नगरवासी लाभान्वित भइरहेका छन् ।

नगर प्रमख श्रेष्ठले नगरको शिक्षा क्षेत्रको चर्चा गर्दै भने, “हामी निर्वाचित भइसकेपछि शिक्षामा संस्थागत र सामुदायिक विद्यालयमा भएको अन्तरलाई कम गरिएको दाबि गरे । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधार्नु थियो भने ‘संस्थागत विद्यालयमा जथाभावी शुल्क निर्धारणसम्बन्धी व्यापक गुनासो थियो, त्यसलाई हामीले व्यवहारिक उपायका माध्यमबाट सहजीटेण्डर आह्वान गरेर प्रत्येक सामुदायिक स्कुलमा दिनको दुई पटक शौचालयमा सरसफाइ गर्ने प्रवन्ध गरेका छौं । त्यसका अतिरिक्त विद्यार्थीको पोषण शिक्षालाई ध्यानमा राख्दै जनही विद्यार्थी तीस रुपैयाँका दरले दिवा खाजाको व्यवस्था गरेका छौं ।’

इसिडीका लागि १५ जना शिक्षक नियुक्तिका साथै मथिनपाभित्र चारदेखि पाँचवटा बा करण गरेको उनको भनाई छ ।
नगर क्षेत्रभित्र शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धन गर्न यस वर्षको नीति तथा कार्यक्रमले विशेष जोड दिएको नगर प्रमुख श्रेष्ठले बताए । प्रमुख श्रेष्ठले नगरको पूर्वाधार विकासको चर्चा गर्दै भने, “नगरपालिकाको प्रशासनिक भवन आउँदो दशैंसम्म शिलान्यास गर्ने र यस्तै नेपाल–कोरिया मैत्री अस्पतालको विस्तारित भवनको पनि शिलान्यास गर्ने योजना छ ।
थिमिको मुख्यचोकदेखि नीलबाराहीसम्म दैनिक सरसफाइ, नयाँँ थिमिबाट पुरानो थिमिमा प्रवेश गर्दा मध्यपुर थिमिको प्राचीन पहिचान स्वरूप दायाँबायाँ बनेका निजी वा गुठी घरमा पुरातात्विक शैलीको बनाउने तयारी छ, नगरप्रमुख श्रेष्ठले भने ।
थिमिको लायकु दरवारमा रहेको विद्यालयलाई स्थानान्तरण गरेर पुरानो स्वरूपमा लायकु दरवारलाई पुनःस्थापित नगरप्रमुखले सो अवसरमा जानकारी दिए ।

नगरमा सञ्चालित कमरोटार, दिव्यश्वरी, मनोहरा, राधेराधे जग्गा एकीकरण आयोजनालाई वैज्ञानिक र व्यवहारिक ढंगबाट सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । उनले सम्पदा क्षेत्रको संरक्षणात्मक कार्यको विशेष उल्लेख गर्दै भने, आजकल मध्यपुर थिमि एक आधुनिक र परम्परागत रूपमा स्थापित भएको नगर बन्दै गएको छ ।

यसलाई दृष्टिगत गरी आफ्नो परम्परागत पहिचानलाई बचाउन पोटरी स्क्वायर, सेरामिक्स हबका साथै माटाका भाँडाकुँडाको एक जीवन्त संग्रहालय बनाउने योजना छ । उनले काठमाडौं उपत्यकाको आस्था र श्रद्धाको स्थलको रूपमा रहेको नील बाराही मन्दिरको करिब २४ करोड रुपैयाँँको लागतमा संरक्षण गर्ने योजना रहेको बताए । पहिले सिद्धान्त प्रतिपादन गरेका कारण आज विकास निर्माणका कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ ।”