भक्तपुरबाट पक्राउ परे एमाले केन्द्रीय सदस्य मल्ल पक्राउ

221

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले नेकपा (एमाले)का केन्द्रीय सदस्य किशोरविक्रम मल्ललाई पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरले मल्ललाई गरी प्रहरी वृत्त महाराजगन्जमा पठाएको हो । प्रहरीले उनलाई चेक अनादरसम्बन्धी कसुरमा पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले मल्ललाई सोमबार पक्राउ गरिएको जानकारी दिए। प्रहरी वृत्त महाराजगन्जमा मल्लविरूद्ध जाहेरी परेको थियो। उनीविरूद्ध एमालेकै पुष्पराज पहराईले २० लाख ५० हजारको चेक अनादर गरेको आरोपमा प्रहरीमा जाहेरी दिएका थिए।