Monday, September 28, 2026
Home राजनीति रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ

रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ

49

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन्। शुक्रबार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन्। त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गरे। उनले भने, ‘शुभकामना छ। रास्वपाको दुई वर्षे कार्यकाल राम्रै छ।’राष्ट्रिय स्वतन्त्र पार्टी एमालेसँगको सहकार्यमा दोस्रो पटक सत्तारूढ गठबन्धनमा आबद्ध भएको छ। —न्युज एजेन्सी नेपाल