गायिका मन्जु पौडेलको ‘बिचार गर छुनलाई’ सार्वजनिक, भिडियो सहित

166

काठमाडौं । नेपाली लोक सांगीत क्षेत्रको चिरपरिचित नाम हो मन्जु पौडेल । लोमा समयदेखि गायन तथा कार्यक्रम संचालनमा सक्रिय पौडेलको नयाँ सांगीतक कोशेली बिचार गर छुनलाई भन्ने गीत सार्वजनिक भएको छ । यो गीतमा पौडेल र गायक प्रताप दासको स्वर रहेको छ । यस गीतको शब्द तथा संगीत सृर्जना श्रीकृष्ण बम मल्लले गर्नुभएको छ । गीतमा स्नेहा पौडेल र प्रताप दासको अभिनय रहेको छ । गीतलाई कबिराज गहतराजले निर्देशन गर्नुभएको यो गीत मन्जु पौडेलको युटुव च्यानलबाट हेर्न र सुन्न सकिन्छ । उहाँको धुवासरि, माइती हरायो, गाह्रो हुन्छ फेरि लगायतका चर्चित गीतहरु रहेका छन् ।

मन्जु पौडेलको युटुव च्यानल