भक्तपुरमा यसरी १० लाख ठगिए कार्की, प्रहरीले समात्यो ठगलाई

113

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले तीन जना पुरुषलाई ठगीको आरोपमा पक्राउ गरेको छ ।
ठगी गरेको आरोपमा पक्राउ पर्नेमा दोलखा भिमेश्वर नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौ चन्द्रागिरी बस्ने वर्ष ३७ को अम्मर बहादुर तामाङ रहेका छन् ।

नुवाकोट शिवपुरि गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौ सितापाईला बस्ने वर्ष ४२ को दिल बहादुर दमाई र नुवाकोट दुप्चेश्वर नगरपालिका वडा नं. ५ घर भई हाल भक्तपुर दधिकोट बस्ने वर्ष ३३ को सुनिल तामाङ रहेका छन् ।

परिसर भक्तपुरले दिएको जानकारी अनुसार गएको सोमबार बिहान अमर बहादुर तामाङले फोन गरी म सँग लाईट स्टोन छ लगानी गर्नु फाईदा हुन्छ भनि प्रलोभन देखाई एक जनालाई ठगी गरेका थिए ।

तामाङले दोलखा तामाकोशी गाउँपालिका वडा नं. ४ घर भई हाल काठमाडौ जिल्ला नरेफाँट ३२ बस्ने भिम बहादुर कार्कीलाई फोन गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । त्यसपछि नगद १० लाख रुपैयाँ बोकेर कार्की सूर्यविनायक नगरपालिका वडा नं. ४ तर्खाल चौर नजिकै आएर दिएको खुल्न आएको छ ।

कार्कीले आज सोमबार प्रहरी वृत्त ठिमी भक्तपुरमा निवेदन दिएकोमा घटनाको अनुसन्धान गर्ने क्रममा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुलाई बालकोटबाट नियन्त्रणमा लिई यसबारेमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।