डुबेर दुई किशोरीको मृत्यु

21

काठमाडौं : डडेल्धुरामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी दीपक पाठकले जानकारी दिए। मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेलधुरामा राखिएको पाठकको भनाइ छ।