नेपाल र भारतका खेलाडीबिच मैत्रीपुर्ण ब्याडमिन्टन खेल सुरु

143

भक्तपुर । नेपाल र छिमेकी भारतका १७ वर्ष मुनिका खेलाडीहरुबिच हुने मैत्रीपुर्ण ब्याडमिन्टन खेल आज शुक्रबारबाट भक्तपुरमा सुरु भएको छ ।

भारतको गुजरात,मध्यप्रदेशबाट ब्याडमिन्टन-21 एकेडेमी, काठमाडौं, भक्तपुर र ललितपुरका खेलाडीहरु यश खेलमा सहभागी भएका छन् ।

सूर्यविनायक नगरपालिका वडा नं. ८मा रहेको विशाल क्लवमा सुरु भएको खेल भोलिसम्म संचालन हुनेछ । खेलको उद्घाटन ब्याडमिन्टन खेलेर मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रिय सदस्य एवं भक्तपुर जिल्ला ईन्चार्ज सुमित्रा थापा गर्नु भएको थियो ।


यस कार्यक्रममा मदन भण्डारी स्पोर्ट्स एकेडेमीको केन्द्रिय सदस्य एवं नेशनल ब्याडमिन्टन रेफ्रि उदय अर्याल, केन्द्रिय सदस्य एवं ब्याडमिन्टन बिभाग प्रमुख डम्बर जंग थापा, जिल्ला उपाध्यक्ष हरिचन्द्र थापा, सचिव बिणा बस्नेतलगायतको उपस्थिति रहेको थियो । खेलमा सहभागी खेलाडीले प्रमाणपत्र र मेडल प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।