अल्पमतको सरकारले निरन्तरता पाउन सक्दैन : पूर्व मुख्यमन्त्री राई

22

विराटनगर : कोशी प्रदेश सरकारमा सहभागी दल नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले अल्पमतको सरकारले निरन्तरता पाउन नसक्ने बताएका छन्। दर्ता भएको संकल्प प्रस्तावमाथिको छलफलमा बोल्दै राईले अल्पमतको सरकारले निरन्तरता पाउन नसक्ने बताएका हुन्। सरकारमा सहभागी दल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिइसकेको अवस्थामा ३० दिनभित्र मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने निर्देशन दिनेगरी संविधानको धारा १६८ को उपधारा ५ बाट बनेको सरकार अजम्बरी नहुने उनको भनाइ थियो। यो कुरा मुख्यमन्त्रीलाई सरकार बन्नेबित्तिकै आफूले जानकारी दिएको राईले बताए। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनैपर्ने उनको भनाइ छ। तर सरकार हट्दा पनि कानून संगत र बस्दा पनि कानूनसम्मत रूपमा प्रक्रिया पुर्‍याएर हुनुपर्ने भन्दै राईले मुख्यमन्त्रीलाई आजै राजीनामा देऊ भनेर दबाव दिनु अनुचित हुने बताए। मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिन कसरत गर्न सुझाव दिए। ‘३० दिनभित्र विश्वासको मत लिन कोसिस गर्नुस्, सक्नुभएन भने मार्ग प्रशस्त गर्नुस्’, उनले भने, ‘मुद्दा मामिलातिर नलाग्नुस्।’