Thursday, October 1, 2026
Home समाचार होस्टलमा बस्ने युवती हाम फालेपछि

होस्टलमा बस्ने युवती हाम फालेपछि

38

दोलखा । चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी छन्।

दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेर आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

पोखरा स्थाई घर भएकी अधिकारी विदामा घर गएकी र उनी बुधबार मात्र चरिकोट फर्किएकी कलेजका सञ्चालक पृथ्वी बहादुर श्रेष्ठले जानकारी दिए। घरबाट आएको भोलिपल्टै उनले होस्टलको पाँचौ तलाबाट हाम फालेकी र उनको अवस्थामा गम्भीर भएकोले उपचारार्थ काठमाडौं लगिएको श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार ती युवतीले डिप्रेसनको औषधि समेत सेवन गर्दै आएकी थिइन्। अवस्था गम्भीर रहेकोले काठमाडौं रिफर गरिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक युवराज खड्काले जानकारी दिए। थाहा खबर