-सुर्य तिमल्सिना
कर्मशील हातले कलम समाएर
यसो केही शब्द लेख्न के खोजेको थिएँ ।
अचानक कलमको मसी नै सकियो ।
त्यसपछि,
विरक्त लाग्यो
अनि
घरै छेउको एउटा रूखको छहारीमा
शितल हावा खाना बसेँ
रुखलाई पनि हँसिया र हथौँडाले हिर्काएर थिल्थिलाएर
पात झारेर न्याङ्गै पारिदियो ।
त्यसपछि त
सूर्यको प्रकाश छहारी छिचोल्दै म छेउ आइपुग्यो ।
म शितल खोजीरहेको मानिस
टन्टलापुर,चर्को र पहारिलो घाम ताप्न बाध्य भएँ
अनि
विकल्प खोज्ने सोचेर यता उती डुल्न निस्किएँ
अलि पर
एउटा भगवानको मन्दिर देखेँ
त्यसपछि
विस्तारै विस्तारै मेरा कदमहरू मन्दिरभित्र प्रवेश गराएँ ।भगवानको दर्शन गरेँ
अनि घण्टी बजाउन घण्टीमा हात अघि सारेँ
घण्टीको रालो तिर हात पुर्याउन के खोजेको थिएँ ।
रालो त देखिन । त्यतिनै बेला मन्दिरबाट पूजा गरिरहेका पुजारी बाहिर निस्किए
अनि मैले पुजारीलाई सोधे
पुजारीबा घण्टीको रालो खोइ त ?
मलाई मन्दिरमा घण्टी बजाउन सारै रहर लाग्यो र आएँ,
घण्टीमा हात पुर्याउँदा रालो त देखिन ।
पुजारी एक छिन मुसुक्क हाँसेर भने
बाबु मन्दिरको रालो त
हथौडाको हिर्काइ र घामको राप सहन नसकेर पग्लिएर झर्यो ।
अब घण्टी बजाउने जिद्दी छोड ।
मैले पनि एक छिन सोचेर पुजारीलाई जवाफ दिएँ ।
पुजारीमा अब मैले घण्टी बजाउन नपाउने भए त?
फेरि मैले भने अब कहिलै घण्टी बजाउन पाउँदिन त ?
पुजारीले भने अब तिमीले घाम ताप्ने ,
सितल छहारीमा बस्ने कुनै एउटा विकल्प खोज ।
मैले फेरि जवाफ दिएँ ।
पुजारी बा,
छहारी दिने रूखका पात र हाँगा
सबै हँसिया र हतौडाले भाँचीकुची पारिसक्यो ।
अब म के गरौं ?
रालो झरेको घण्टी हेरेर चित्त बुझाउँ
वा
पात बिहीन
हाँगा मात्रै बाँकी रहेको रूखको छहारीमा बसौं
कि टन्टलापुर घाम तापौं
त्यसपछि पुजारी बाले एकछिन सोचेर
मलाई जवाफ दिए
। त्यसो भए बाबु
तिमी घाम नै
ताप भन्दै पुजारी
आफ्नो बाटो लागे ।
-काभ्रे