नेपालको शानदार बलिङ प्रदर्शन, १ सय ३७ रनमा समेटियो नेदरल्यान्ड्स

30

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले राम्रो बलिङ प्रदर्शन गरेको छ । नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए ।नोआ क्रोएसले १२ रन बनाउँदा कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे । म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे ।टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए । उनले ४९ बलमा १ चौका प्रहार गरे । त्यस्तै बास डे लिडेले २७ रन तथा साइब्रान्ड एन्जलबच्र्टले २३ रन बनाए ।ोआ क्रोएसले १२ रन बनाउँदा कायल क्लाइनले नटआउट रहँदै ११ रन प्रहार गरे । म्याक्स ओ डाउड र आर्यन दत्तले १०–१० रन हिर्काए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए भने ललित राजवंशीले २ विकेट लिए । सोमपाल कामी र रोहित पौडेलले १–१ विकेट हात पारे ।आजको खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । सोमपाल कामीले तेस्रो बलमा माइकल लेभिटलाई शून्य रनमा आउट गर्दै नेपालले राम्रो सुरुवात दिलाए ।