संस्थागत विद्यालयहरुको श्रीपञ्चमीको अवसरमा भर्ना अभियानः नयाँ भर्ना हुने विद्यार्थीलार्ई शुल्क नलाग्ने

123

भक्तपुर । भक्तपुर जिल्लामा रहेका विभिन्न संस्थागत विद्यालयहरुले श्रीपञ्चमीलाई लक्षित गरि नयाँ भर्ना कार्यक्रम ल्याएका छन् । हेरौं केही विद्यालयका भर्ना अभियानहरुः
१. मित्रश्री पाठशाला, चाँगुनारायण २, दुवाकोट
श्रीपञ्चमीको अवसरमा मित्रश्री पाठशाला चाँगुनारायण २, दुवाकोट रहेको यस विद्यालयले विशेष छुट सहित भर्ना अभियान सुरु गर्ने भएको छ । पाठशालाका प्रीन्सिपल दीपक विष्टका अनुसार उक्त दिन समता सचेतना समाजसंग सहकार्यमा रक्तदान कार्याक्रमका साथै विज्ञान र गणित सम्बन्धी प्रर्दशनी समेत गरिने छ । प्ले ग्रुप, नर्सरीलगायतका साना कक्षामा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई छुट सहित भर्ना गरिने प्रीन्सिपल विष्टले जानकारी दिए ।

२. क्वालिटी इंग्लिस स्कुल, खरिपाटी
श्रीपञ्चमीको अवसरमा नयाँ भर्ना हुने विद्यार्थीलाई चाँगुनारायण नगरपालिका वडा नं ६, खरिपाटी फेदिमा रहेको क्वालिटी इंग्लिस स्कुलले भर्ना शुल्क नलिने भएको छ । प्ले ग्रुप, नर्सरी, एलकेजि र यूकेजी कक्षामा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई फागुन महिनाभर भर्ना शुल्क नलिने विद्यालयका प्रार्चाय जीबी खड्काले जानकारी दिएका छन् । श्रीपञ्चमीको सो अवसरमा साना बालबालिकाहरुलाई अक्षर आरम्भ तथा स्टेशनरि समेत विद्यालयले उपलब्ध गराउने छ ।

३. गोल्डेन सुनगाभा विद्यालय, दुवाकोट
प्ले ग्रुप, नर्सरी, एलकेजि र यूकेजी कक्षामा भर्ना हुने नयाँ विद्यार्थीहरुलाई गोल्डेन सुनगाभा विद्यालय, दुवाकोट भक्तपुरले छुट सहित भर्ना अभियानसुरु गरेको विद्यालयक अध्यक्ष लीलानाथ निरौलाले जानकारी दिएका छन् । श्रीपञ्चमीको दिन बालबालिकाहरुलाई अक्षर आरम्भका साथै सरस्वतीको पुजासहित मनाउने यस विद्यालयको तयारी रहेको छ ।

४. इष्ट प्वाइन्ट एकेडेमी, कमलबिनायक भक्तपुर
जिल्लाकै पुरानो मध्य एक उत्कृष्ठ विद्यालय रहेको यस इष्ट प्वाइन्ट एकेडेमी, कमलबिनायक भक्तपुरले श्रीपञ्चमीको अवसरमा भर्ना हुने नयाँ विद्यार्थीहरुहरुलाई छुट दिने भएको छ । विद्यालयक प्रार्चाय रमेशचन्द्र श्रेष्ठका अनुसार पीजी, नर्सरी कक्षामा भर्ना हुने भर्ना शुल्कमा ५० प्रतिशत छुट दिइनेछ । बालबालिकाहरुलाई अक्षर आरम्भका साथै सरस्वतीको पुजासहित श्रीपञ्चमी मनाउने यस विद्यालयको तयारी रहेको छ ।

५ मदरल्याण्ड इंग्लिस स्क्ुल, सुर्यविनायक ९, भातेढिकुरो
मदरल्याण्ड इंग्लिस स्क्ुल, सुर्यविनायक ९, भातेढिकुरोमा रहेको यस विद्यालयले श्रीपञ्चमीको अवसरमा विशेष छुट सहित भर्ना अभियान चलाउने भएको छ । विद्यालयका प्रार्चाय संजय खड्काका अनुसार साना कक्षामा भर्ना हुनेलाई केही छुट सहित भर्ना गरिनेछ । साथै आउने शैक्षिक सत्रमा माथिल्लो कक्षामा भर्ना हुन चाहाने विद्यार्थीहरुले नाम दर्ता गरेमा समेत विद्यालयले छुट दिइने खड्काले बताए ।

६. रोम्बस नेशनल स्कुल, कमलविनायक भक्तपुर
श्रीपञ्चमीको अवसरमा विशेष छुट सहित भर्ना अभियान चलाउने रोम्बस नेशनल स्कुल, कमलविनायक भक्तपुरका प्रीन्सिपल डा. राजेन्द्र कोजुले जानकारी दिएका छन् । विद्यालयले प्ले ग्रुप नर्सरीलगायतका कक्षामा भर्ना हुने विद्यार्थीहरुलाई छुट दिने भएको हो ।