Monday, September 21, 2026
Home खेलकुद भक्तपुरमा पुस २७ गतेदेखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुने

भक्तपुरमा पुस २७ गतेदेखि राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुने

117

भक्तपुर । भक्तपुर राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता पुस २७ गतेदेखि सुरु हुने भएको छ । मंगलबार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको प्रमुख अतिथ्यतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
१२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता यही पुस २७ देखि २९ गते सम्म संचालन हुने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले जानकारी दिएका छन् । प्रतियोगीतामा भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु ,कराते, कबड्डीलगायतका विभिन्न खेल हुने थापाले बताए ।
बैठकमा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ, चाँगुनारायण नगरपालिका शिक्षा शाखा प्रमुख वीर बहादुर खड्का, सूर्यविनायक नगरपालिका, भक्तपुर, मध्यपुरका शिक्षा शाखाका प्रतिनिधिहरू, नेशनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्का, प्याप्सनका सचिव विजय कर्मचार्य, भलिबल, एथलेटिक्स, तेक्वान्डो, उसु ,कराते, कबड्डीसंघका अध्यक्षहरुलगायतको उपस्थिती रहेको थियो । भत्तपुरका चार वटा नै नगरपालिकाले नगरस्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छन् ।