Sunday, September 20, 2026
Home राजनीति एकीकृत समाजवादीमा जाने भए वामदेव

एकीकृत समाजवादीमा जाने भए वामदेव

23

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गर्ने भएको छ। अभियानका अध्यक्ष गौतम र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच शुक्रबार पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर भएको हो। साउन २ गते राष्ट्रिय सभागृहमा एकताको घोषणा गर्ने समझदारी भएको छ। गौतम यसअघि एकीकृत समाजवादीमा जाने चर्चाका बीच एमालेले बोलाएपछि त्यता लम्किएका थिए। तर एमालेले धोका दिएपछि उनी माधव नेपालको पार्टीमा समाहित हुने निष्कर्षमा पुगेका हुन्।