एनसेलको सेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन

44

काठमाडौं : एनसेलको सेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ। मंगलबार एनसेल कार्यालय अगाडि नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीहरूले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल सेयर बिक्रीको छानबिन गर, नो ट्याक्स, नो सिम, रिजेक्ट एनसेल, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, ट्याक्स चिटिङ इज अ क्राइम लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको थियो। अध्यक्ष समिक बडालले आफ्ना मागहरू पूरा नभए एनसेलका गाडीहरू समेत चल्न नदिने चेतावनी दिएका छन्। एनसेलको ८० प्रतिशत सेयर नेपाल बाहिरै बिक्री भएपछि विभिन्न टिकाटिप्पणी भइरहेको छ।